राष्ट्र बैंकको डिजिटल प्रणाली : अब चेक बिनै भुक्तानी

राष्ट्र बैंकको डिजिटल प्रणाली : अब चेक बिनै भुक्तानी

काठमाडौं : अबदेखि भुक्तानी दिन चेक काट्नुपर्ने बाध्यता अन्त्य भएको छ।  नेपाल राष्ट्र बैंकले आइतबारदेखि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा ल्याएको हो। यस प्रणालीबाट कुनै पनि भुक्तानी दिने व्यक्ति वा संस्थाले बैंकमा उपस्थित भइ सामान्य फारम भरेर भुक्तानी अनुमतिका लागि आग्रह गरेको खण्डमा तुरुन्तै भुक्तानी हुने व्यवस्था मिलाइएको छ। 

यस्तो भुक्तानी पाँच मिनेटदेखि आधा घन्टाभित्र प्राप्त गर्नेको खातामा जम्मा भइसक्छ। राष्ट्र बैंकले दुई लाखदेखि माथिको भुक्तानीमा यो प्रणाली प्रयोग गर्न सकिने बताएको छ। 

चेकबाट गर्ने भुक्तानीको तुलनामा यो प्रणाली चुस्त र लागतप्रभावी हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए। 

‘संसारभरी नै डिजिट भुक्तानीको प्रचलन रहेकोमा नेपालमा पनि यो प्रणालीको प्रयोगबाट सहज, छिटो, छरितो र भरपर्दो भुक्तानी प्रणाली विकास हुने विश्वास लिएका छौँ’, मिश्रले भने। 

यस प्रणाली अन्तर्गत एउटा बैंकमा रहेको व्यक्ति वा संस्थाको खाताबाट चेकको प्रयोग नगरी एउटा आदेश फारमको भरमा तत्कालै अर्को बैंकमा रहेको अर्को व्यक्तिको खातामा रकम जम्मा वा ट्रान्सफर गर्न सकिने भएकाले समयको बचत, खर्च कटौती र थोरै समयमा धेरै पटक भुक्तानी दिन सकिने भएकाले मुद्राको गति पनि वृद्धि हुनेछ।
 
स्वचालित प्रकारको भुक्तानी प्रणालीको उपयोगबाट कम जनशक्तिले धेरै कार्य सम्पादन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। 

सन् २०१४ जुलाई २० मा नेपाल भुक्तानी प्रणाली रणनीतिले यस्तो प्रणाली विकासका लागि मार्गप्रशस्त गरेको थियो। यो प्रणाली कार्यान्वयनका लागि डाटा मोड्युलर सफ्टवेयर तथा अन्य प्राविधिक सहयोग बेलायती अन्तराष्ट्रिय सहयोग नियोगबाट प्राप्त भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.