राष्ट्रसंघ महासभामा नेपाल : मन्त्रीले नेतृत्व गर्ने, उपप्रधानमन्त्री सहभागी

राष्ट्रसंघ महासभामा नेपाल : मन्त्रीले नेतृत्व गर्ने, उपप्रधानमन्त्री सहभागी

काठमाडौं  : उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औं महासभामा सहभागी नहुने भएपछि नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् । सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जान लागेका छन् ।

महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् । पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्रीभन्दा माथि हुन्छन् । मन्त्रिपरिषद्को बरियातामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा । महासभाको प्रमुख आकर्षणमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने रात्रिभोज र सहभागीको सपत्नी फोटो खिचाउने चलन एउटा हो । राष्ट्रसंघीय नियोगका एक अधिकारीका अनुसार यस्तो कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनेछन् । उपप्रधानमन्त्री यादव भने महासभाअन्तर्गतको स्वास्थ्यसम्बन्धी छलफलमा संलग्न हुनेछन् ।

दुई वर्षअघि ७२ औं महासभामा पुगेका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा रात्रिभोजमा जाँदा ढोकाबाट फर्कनुपरेको थियो । त्यतिबेला टोली नेतृत्व तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । उनी त्यसभन्दा पछि जाँदै थिए । त्यही भएर महरा भित्र छिर्न पाएका थिएनन् ।

परराष्ट्र सचिव शंकरदास बैरागीले उपप्रधानमन्त्री उच्चस्तरीय कार्यक्रममा सहभागी हुने र परराष्ट्रमन्त्री महासभामा सरिक हुने बताए । स्वास्थ्यका विषयमा उपप्रधानमन्त्री यादव र जलवायु परिवर्तन एवम् वातावरणसम्बन्धी बैठकमा मन्त्री शक्ति बस्नेतले भाग लिनेछन् । नेपालले राष्ट्रसंघको ११ औं महासभादेखि सहभागिता जनाउँदै आएको छ । सन् १९५५ को डिसेम्बरमा सदस्यता लिएपछि पछिल्लो वर्षदेखि नेपाल लगातार सहभागी छ ।

महासभामा सहभागी हुन पनि सरकारले दलगत प्रतिनिधित्व गराएको छ । पूर्व एमालेका तर्फबाट ज्ञवाली, पूर्व माओवादीबाट वनमन्त्री शक्तिबहादुर बस्नेत र सरकारको अर्को साझेदार समाजवादी पार्टीबाट यादव जाने भएका हुन् ।

सेप्टेम्बरको तेस्रो मंगलबारदेखि अमेरिकाको न्युयोर्कमा महासभा सुरु हुने छ । त्यसको एक सातापछि मात्र सम्बोधनमा नेपालको पालो आउनेछ । राष्ट्र एवं सरकार प्रमुख, उपराष्ट्रपति, उपप्रधानमन्त्री हुँदै मन्त्री स्तरमा पुग्ने भएकाले नेपालको समय पछि परेको हो ।

सहभागी तीसभन्दा बढी

सरकारले महासभामा नेपालको टोली सानो देखाउन फरक–फरक समूह बनाएर विषयगत मन्त्री र सांसदलाई सहभागी गराउन लागेको छ । महासभामा दलका नेता र सरकारी अधिकारी गरी तीसभन्दा बढी जाँदै छन् । परराष्ट्रमन्त्री नेतृत्वको टोलीमा १२, यादव र बस्नेतको टोलीमा ६÷६ र अन्य सांसद सहभागी हुने कार्यक्रम छ । हरेक सत्रमा सहभागी हुन न्युयोर्क पुगिरहने टोली तयार भइरहेको संसद् सचिवालयका एक अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.