लुक्लामा ३ सय पर्यटक अलपत्र

लुक्लामा ३ सय पर्यटक अलपत्र

ओखलढुंगा : तीन दिनदेखि मौसममा आएको खराबीले उडान नहुँदा लुक्लामा तीन सय बढी विदेशी पर्यटक अलपत्र परेका छन् । लगातारको वर्षा र हुस्सुका कारण उडान हुन नसक्दा पर्यटक अलपत्र परेको नागरिक उड्‍डयन प्राधिकरण लुक्ला कार्यालयका प्रमुख इमानाथ अधिकारीले बताए ।

उनका अनुसार लुक्लामा अहिले पनि पानी परिरहेको छ । सगरमाथा बेश क्याम्पबाट काठमाडौं फर्किन लागेका ३ सय बढी पर्यटक उडान अवरुद्ध भएपछि ३ सय जति विदेशी लुक्लामै रहेको अधिकारीले जानकारी दिए । उनले भने, 'विदेशी तथा नेपाली समेत गरी लुक्लामा ४ सय जना जति रोकिएका छन् ।' मंगलबार सुर्केबाट पर्यटक बोकेर उडेका हेलिकप्टर खराब मौसमका कारण सिन्धुली, रामेछाप र काभ्रेमा अवतरण भएका थिए । 

लुक्लाबाट तीन दिनदेखि उडान हुन सकेको छैन। लुक्लाबाट डेढ घण्टा तल रहेको सुर्केतमा समेत वर्षाका कारण उडान हुन सकेको छैन। मौसम नखुलेपछि एउटा हेलिकप्टर लुक्लामै रहेको छ ।

लेक लागेर एकको मृत्यु

मेरापिक क्षेत्र भ्रमणमा आएका एकजना पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय मूलका ३३ वर्षीय गोविन्द लखमान रहेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । करिब ४ हजार २ सय मिटरको उचाइमा लेक लागेर ती पर्यटकको मंलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

यसैबीच लेक लागेर बिरामी परेका आठजनाको उद्धार गरिएको छ । बिरामी भई अलपत्र परेका ७ विदेशी र एक नेपालीसहित ८ जनाको भने उद्धार गरिएको हो । उद्धारपछि उनीहरुलाई कैलाश र डाइनेष्टि एयरका हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.