सिन्धुलीमा बस दुर्घटना : २३ घाइते

सिन्धुलीमा बस दुर्घटना : २३ घाइते

सिन्धुली : सिन्धुलीको मरिनबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।  सुनकोसी गाउँपालिका कानढुंग्रीस्थित बीपी राजमार्गमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहका अनुसार बसका चालकसहित गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि काभ्रेको धुलीखेल र काठमाडौं  पठाइएको छ। 

घाइते सातजनाको सिन्धुलीको खुर्कोटस्थित विभिन्न सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। बाँकी ११ जना उपचारपछि घर फर्केका छन्। बस अनियन्त्रित भएर सडकबाट २० फिट तल खसेको छ। 

त्यसैगरी बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित बहादुरे खोला र बलेनी खोलामा आएको बाढीले सडकअवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.