डाक्टरको पर्खाइमा कोल्टी

डाक्टरको पर्खाइमा कोल्टी

बाजुरा : हमाली गाँउपालिका–२ रुम्दीकी रिमकला खड्का बिरामी भइन्। आफन्तले उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुगाए। तर, यहाँ चिकित्सक थिएनन्। रिमकलाको उपचार अहेबले नै जेनतेन उचपार गरे। न रोग पत्ता लाग्यो, न उनी सन्चो भइन्। ‘जिल्ला बाहिरका ठुला अस्पतालमा लैजान आर्थिक समस्या छ, के गर्ने होला?’, रिमकलाका श्रीमान धर्मलाल खडकाले भने। 

प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले बाजुराको आधा क्षेत्रका विरामी हेर्ने गर्छ। तर, यहाँ नै महिना दिनदेखि चिकित्सक छैनन्। प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक डा.गणेश चौधरी समायोजन भएर गएपछि कोल्टी चिकित्सक बिहिन बनेको हो।

चिकित्सकको समायोजन भएर सरुवा भएसँगै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक सन्तोष पण्डित र स्टाफ नर्स गंगा खत्री पनि डेढ सातादेखि विदामा छन्। यही कारण पनि बर्खामा बढिरहेका विरामीलाई समस्या परेको छ। डाक्टर, नर्स र स्वास्थ्य सहायक पनि नभएका बेला अहिले अहेबले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा चलाइरहेका छन्। 

‘डाक्टर सरुवा भएर गए, नयाँ आउने कुनै ठेगान छैन्, स्वास्थ्य सहायक र स्टाफ नर्स पनि बिदामा बसे, सामान्य विरामी बाहेकलाई रिफर गर्नुको विकल्प छैन’, प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीका अहेब लोकेन्द्र न्यौपानेले भने,‘स्वास्थ्य केन्द्रमा दैनिक ८०देखि एक सयसम्म विरामी उपचारमा आउने गरेका छन।’ 

‘चिकित्सक नभएकै कारण आएका विरामीलाई नेपालगंज वा मार्तडी जाउ भन्छु’ अहेव न्यौपानेले भने। आधा बाजुराका विरामीका लागि स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पनि छैनन। त्यहाँ एक जना डाक्टरको दरबन्दी हो। तर, अहिले एक महिनादेखि यो पद रिक्त छ। 

‘बर्खामा ज्वरो, टाइफाइड जस्ता रोगका विरामीको चाप निकै बढेको छ, उपचार गर्न धौधौ भएको छ’, अहेब न्यौपानेले भने। बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह, बुढिनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र कर्णाली प्रदेशका हुम्ला, कालिकोट र मुगुका जनता पनि कोल्टी प्रार्थमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गर्छन्। 

नमुना स्वास्थ्य चौकीका रुपमा रहेको कोल्टीमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिरेर नेपालगञ्ज जानु परेको बुढिन्नदा नगरपालिका–१ का वडा अध्यक्ष नृपराज खत्रीले बताए। अहिले मार्तडी–कोल्टी सडक वर्षाका कारण अवरुद्ध छ। प्राथमिक स्वास्थ्य केन्द्रले रेफर गरेको विरामी पनि जिल्ला सदरकुकाम र अन्य ठाउँमा लैजान समस्या भइरहेको स्थानीय जनेश भण्डारीले बताए। 

‘सडक बन्द छ, समदरमुकाम मार्तडी लगायत अन्य ठाँउमा लिन पनि समस्या भएको छ’, भण्डारीले भने। कुनै घटना भएमा, पोष्टमार्टम गर्नुका लागि पनि मार्तडी ल्याउनुपर्ने अवस्था रहेको बुढिन्नदा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.