धरौटीमा छुटे लगत्तै विप्लवको पार्टी परित्याग

धरौटीमा छुटे लगत्तै विप्लवको पार्टी परित्याग

विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको प्रतिबन्धित नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई (विकल्प) ले बिहीबार पार्टी परित्यागको घोषणा गरेका छन्। 

मोरङको केराबारी घर भएका राई प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले बिहीबार नै माग गरेको चार हजार रुपैयाँ धरौटी रकम बुझाएर छुटेका हुन्। धरौटीमा छुटे लगत्तै विराटनगरमा पत्रकार सम्मेलन गरेर उनले पार्टी परित्याग गरेका हुन्। 

सिद्धान्त ठीक भए पनि पार्टीका नेता कार्यकर्ताको व्यवहार गलत भएपछि परित्याग गरेर आफू स्वतन्त्र नागरिक भएर बस्न चाहेको उनले बताए। ‘पार्टी नेत्रृत्वमा समस्या देखिएपछि असन्तुष्टि जनाएर छाडेको हुँ,’ राईले भने, ‘हिंसात्मक गतिविधि गर्ने, तर जिम्मा नलिने, सिद्धान्त एउटा लिने व्यवहार अर्को गर्ने विषयले सन्तुष्ट बन्न सकिएन।’ 

२०६३ सालदेखि तत्कालीन माओवादीमा संलग्न उनी पार्टी विभाजनसँगै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र त्यहाँबाट पनि विभाजित भएपछि ‘विप्लव’ नेतृत्वको नेकपामा लागेका थिए। उनलाई गत असार ९ गते केराबारीबाट प्रहरीले पक्राउ गरेर जिल्ला अदालत सुनसरीमा हातहतियार खरखजना र संगठित अपराध सम्बन्धी मुद्दा चलाएको थियो। 

अदालतले भदौ २४ गते साधारण तारेखमा छाड्न आदेश दियो। त्यस लगत्तै प्रहरीले विभिन्न ठाउँमा भएका बम विष्फोटका घटनामा संलग्न भन्दै पक्राउ गरेको थियो। जिल्ला अदालत मोरङले २६ गते साधारण तारेखमा छोड्न आदेश दिए पनि उनलाई पुनः प्रहरीले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारमा मुद्दा चलाएको थियो। प्रशासनले चार हजार धरौटीमा उनलाई छाड्न बिहीबार आदेश दिएको हो।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.