प्रदेश १ संसद्को चौथो अधिवेशन सकियो, ४३ विधेयक पारित

प्रदेश १ संसद्को चौथो अधिवेशन सकियो, ४३ विधेयक पारित

विराटनगर : प्रदेश १ प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको लिखितपत्र पढेर सुनाउँदै बुधबार मध्यरातबाट बर्खे अधिवेशन अन्त्य भएको जानकारी दिए ।
 
यस बर्खे अधिवेशनको ५३ बैठकमा १४ वटा विधेयक पारित भएका छन् । तेस्रो अधिवेशनमा दर्ता भई यस अधिवेशनमा छलफल भएका ४ वटा विधेयकसहित यो अधिवेशनमा पारित १४ विधेयक मध्ये ८ विधेयक सम्बन्धित विषयगत समितिमा छलफल भई सभाबाट पारित भएको सभामुख भण्डारीले बताए । बर्खे अधिवेशन गत जेठ १३ गतेबाट सुरु भएको थियो । चौथो अधिवेशन ६२ घण्टा ८ मिनेट बसेको थियो ।

 
चौथो अधिवेशनसम्ममा प्रदेशसभाबाट ५ वटा संशोधनसहित ४३ वटा विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । ४२ वटा विधेयक सर्वसम्मत पारित भए पनि मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक भने बहुमतका आधारमा पारित भएको थियो । सो विधेयकमा कांग्रेसले असमति जनाएपछि विरोधका र रोस्टम घेराउका बीच बहुमतका आधारमा पारित गरिएको थियो । 

प्रदेशसभाले आप्mनो जिम्मेवारीमा रहेका सबै कार्य पर्याप्त छलफल विधि प्रकृया र कानुनलाई मध्यनजर गरी समयमै सम्पन्न गरेको सभामुख प्रदीपकुमार भण्डारीले बताए । सभामा पेश भएका सबै विधेयक यसै अधिवेशनबाट पारित गरेको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.