यातायात कार्यालयले सुरु गर्‍यो सवारी चेकजाँच

यातायात कार्यालयले सुरु गर्‍यो सवारी चेकजाँच

उदयपुर : चाडपर्वमा हुनसक्ने दुर्घटना र यात्रु ठगिनबाट जोगिन यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले सवारी चेक जाँचलाई तीब्रता दिएको छ। कार्यालयले सदरमुकाम गाईघाटलगायतका आसपासका क्षेत्रमा दैनिक चेकजाँच गर्दै आएको छ।चाड पर्वको समयमा बढी सवारी साधन संचालन हुने, निर्धारित भाँडाभन्दा बढी शुल्क लिने, सवारी साधनको पार्टपुर्जाको मर्मतसम्भार नगर्ने, भाँडादर देखिने गरी नटास्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण चेकजाँचलाई कडाइ गरिएको यातायात सेवा कार्यालयका प्रमुख सुवास कार्कीले जानकारी दिए।

 
जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी सवारी चालक अनुमति पत्र, बुलबुक, जाचँपास र रूट परमिटलगायत चेक गरिएको उनले बताए । त्यसक्रममा सवारी चालक अनुमतिपत्र नभएकाको सवारी साधनमा रोक, कागजपत्र नभएकालाई बनाउने गरी तत्काल जरिवाना गरी छाडिएको उनको भनाई छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.