सी पथले नेकपा सकिन्छ : डा. कोइराला

सी पथले नेकपा सकिन्छ : डा. कोइराला

सिन्धुपालचोक : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सत्तारुढ नेकपाले चिनियाँ राष्ट्रपति सी चिनफिङ विचारधारा अंगिकार गरे नेकपा सकिने बताएका छन्। 

प्रजातन्त्र सेनानी संघ सिन्धुपाल्चोकले गरेको सम्मान कार्यक्रममा बोल्दै उनले नेकपाले सी पथलाई अंगिकार गरे मुलुक नै धरापमा पर्ने खतरासमेत औंल्याए। 

‘चीन र नेपालको पद्धति एउटै होइन’, कोइरालाले भने, ‘त्यहाँको पद्धति ल्याउन खोजे नेकपा त सकिन्छ नै देश नै धरापमा पर्छ।’सीबाट केही सिक्नु ठिकै भएपनि विचारधारा नै स्वीकार्नु गलत हुने उनको तर्क छ। ‘नेपाल सामरिक महत्वको देश हो’, कोइरालाले थपे, ‘सीको विचारधारा कुनै पनि हालतमा नेपालमा लागु हुन सक्दैन।’ 

उनले कम्युनिस्ट सरकारका कारण मुलुकमा गणतन्त्र र संघीयता अप्ठ्यारोमा परेको आरोप लगाए। ‘पूर्वराजा ज्ञानेन्द्र र विप्लवबाट होइन प्रधानमन्त्री ओलीबाटै गणतन्त्र र संघीयता खतरामा छ’, कोइरालाले भने, ‘सरकारबाटै खतरामा रहेको संघीयता मजबुत बनाउने जिम्मेवारी कांग्रेसको काँधमा छ।’

कोइरालाले पार्टी नेतृत्वतर्फ इंगित गर्दै गुटउपगुट हुनु पार्टी भित्र सामान्य कुरा भएपनि पार्टी गिरोहले सञ्चालन गरेकाले कमजोर बनेको आरोप लगाए। कांग्रेसको नर्सरी मानिने नेविसंघ, तरुण दल जस्ता संगठन नहुनु र चुनावका बेला सोच विचार नगरी टिकट बाँड्दा देशभरी कांग्रेस कमजोर भएको धारणा राखे। उनले सबै नेताले कमजोरी स्वीकारेर अघि बढे कांग्रेस बलियो हुने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य, प्रदिप पौडेलले हुनै नसक्ने सपना देखाएर कम्युनिस्ट सरकारले प्रोपोगाण्डा मच्चाएको आरोप लगाए। प्रधानमन्त्रीले केरुङसम्म नआएको रेल र पानी जहाजको सपना देखाएर सरकारले जनतालाई उल्लु बनाउन खोजेको बताए। सरकारले भ्रष्टाचारको ढाकछोप गरिरहेको पौडेलको आरोप थियो।

कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका कांग्रेस कार्यकर्ताका परिवार तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका प्रजातन्त्र सेनानी गरी ७० जनालाई सम्मान गरिएको थियो।

द्वन्द्वमा मारिएका कांग्रेस कार्यकर्ता छत्रबहादुर गिरीकी श्रीमतीलाई सम्मान गर्दै कांग्रेस नेता डा. शेखर कोइराला।तस्बिर : युवराज पुरी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.