कुखुरासँग मिसिने लौकाट

कुखुरासँग मिसिने लौकाट

नुवाकोट : झट्ट हेर्दा हाँसजस्तो देखिने चरा लौकाट हो। यसको वैज्ञानिक नाम नुमिदा मेलएग्रिस हो। निकै महत्त्व र सम्भावना बोकेको भए पनि नेपालमा यसलाई हत्तपत्त कसैले पनि प्रमुख व्यवसाय बनाएका छैनन्।

आफैंले आफैंलाई लौकाट लौकाट भन्दै नाम काढेर हिँड्ने तर वेगले उड्न नसक्ने यसको विशेषता हो। लौकाट अफ्रिकी मूलको चरा हो।

नेपालमा लौकाट पालन आकर्षणको रूपमा रहे पनि यसले व्यावसायिक रूप लिन सकेको छैन। केही भारतीय तथा तराईका व्यापारीले बडा दसैँ, तिहारताका मासुको माग नेपालमा बढेको बेला लौकाट आयात गरेर बिक्रीवितरण गर्ने गरेका छन्।

लौकाटको मासु र अन्डा निकै स्वादिलो मानिन्छ। यसको मासु र अण्डा दुवै महँगो हुने गर्छ। लौकाटको मासु मुलायम र गाढा रङको हुन्छ। लौकाटको मासुमा विशेष सुगन्ध तथा स्वाद पाइने भएकाले मानिसले कुखुराभन्दा पनि बढी यसलाई रुचाउने गर्छन्। लौकाटलाई तित्रा पनि भन्ने गरिन्छ। नेपालमा अहिले यसको व्यवसायले निकै सम्भावना बोकेको छ।

घरपालुवा कुखुराभन्दा निकै मजबुत हुने भएकाले प्रतिकूल परिस्थिति र विभिन्न जलवायुमा पनि लौकाट पाल्न सकिन्छ। यिनीहरूले मानिसले खाएकै खानेकुरा खाने र आफ्नो आहारा आफैं खोजेर खाने भएकाले गाउँघरमा सजिलै पाल्न सकिन्छ।

यिनीहरू समूहमा बस्ने र कुखुरासँग मिसिन सक्ने भएकाले सजिलै पाल्न सकिने पहिले लौकाट पालिसकेका नुवाकोट ढुंगेका राजु शाक्य बताउँछन्। उनका अनुसार अन्य पन्छीको तुलनामा यिनीहरूलाई रोगब्याधि पनि कम लाग्छ।

लौकाटको मुख्य जातमा पर्ल, लबेन्डर हुन्। लौकाटको वयस्क चरा कुखुराभन्दा सानो तथा तौलमा केही कम हुन्छ। भाले तथा पोथी एकै किसिमका देखिन्छन्।

अनुभवी कृषकले भाले तथा पोथी, उनीहरूको आवाज तथा रूपरंग हेरेर तीन महिनाको उमेरमा छुट्ट्याउन सक्छन्। यो चरा करिब ८÷१० महिनाको उमेरमा वयस्क हुन्छ।

लौकाटको एउटा पोथीले एक वर्षमा ६० देखि एक सयवटासम्म अन्डा पार्छ। अन्डा केही सानो, केही खैरो वा नीलो रङको हुन्छ। एउटा अण्डा करिब ४० ग्राम तौलको हुन्छ। यसले प्रायः चैतदेखि असोजसम्म अन्डा पार्ने गर्छ। लौकाटले फुलबाट २८ दिनमा बच्चा कोरल्छ। बच्चा उत्पादनका लागि लौकाट पाल्दा पाँचवटा पोथीमा एउटा भाले राख्नुपर्छ।

अन्डा कोरल्न इन्कुबेटर मेसिन वा स्थानीय कुखुरी प्रयोग गर्नुपर्छ। लौकाटलाई कुखुराजस्तै पाल्न सकिन्छ। खुला रूपमा पाल्दा यिनीहरूले कीरा, अन्न, घाँसपात आदि खोजेर खान्छन्।

उन्नत तरिकाले लौकाटपालन गरेमा यिनीहरू तीन–चार महिनाको उमेरमा डेढ किलोसम्मका हुन्छन्। व्यावसायिक रूपमा लौकाट पालन गर्दा दुई–तीन वर्षसम्म पाल्न सकिन्छ। एउटा लौकाट ३५ सय रुपियाँसम्म बिक्री हुने गरेको छ।

लौकाट साढे दुई किलोग्रामसम्मको हुन्छ। लौकाटको मासु मात्रै होइन, अन्डा पनि उत्तिकै महँगोमा बिक्री हुन्छ। एउटा लौकाटले वर्षमा एक सय ५० वटासम्म अन्डा पार्छ। ‘लौकाटको मासुजस्तै अन्डाबाट पनि बढी फाइदा हुन्छ’, किसान रामप्रसाद तिवारीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.