नारायणकाजी भन्छन् : सरापेर प्रतिगमन रोक्न सकिँदैन

नारायणकाजी भन्छन् : सरापेर प्रतिगमन रोक्न सकिँदैन

हेटौंडा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा र  नेकपाले नेतृत्व गरिरहेको सरकारले राम्रो काम गरेसम्म कुनैपनि प्रतिगमनकारी शक्तिले टाउको उठाउन नसक्ने बताएका छन् । 

हेटौंडाबाट सञ्चालित रेडियो सन्देशले बुधबार हेटौंडामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले नेकपासँग प्रतिस्पर्धा गर्नसक्ने हैसियतमा प्रतिगमनकारी नपुगेको बताए । 'अहिले प्रतिगमनकारी सलबलाएको पक्‍कै हो, हामी सचेत हुनुपर्छ, प्रवक्ता श्रेष्ठले भने, 'तर उनीहरुसँग व्यवस्था नै परिवर्तन गर्नसक्ने शक्ति छैन ।'

तर नेकपा र उसले नेतृत्व गरेको सरकारले राम्रो काम गर्न नसके जति चिच्याएर सरापे पनि प्रतिगमनलाई रोक्न नसकिने उनको भनाई छ । प्रवक्ता श्रेष्ठले राजनीतिक व्यवस्थाप्रति जनतामा निराशा पैदा हुन नदिन सत्तापक्ष र प्रतिपक्षले विकासको एजेण्डामा एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

समृद्धिको अभियानमा सबैको साझा सहमती आवश्यक रहेको भन्दै उनले सत्तापक्षले प्रतिपक्षलाई दमन गर्ने र प्रतिपक्षले सत्तापक्षको सबै काममा विरोध गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । श्रेष्ठले राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीति सरकार पिच्छै फरक  नहुने भन्दै यस्ता विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए । 

अन्तरक्रिया कार्यक्रममा न्यूनतम पारिश्रमिक निधारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट लगायतले बोलेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.