किसानलाई आधुनिक उपकरण हस्तान्तरण

किसानलाई आधुनिक उपकरण हस्तान्तरण
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको विदुरमा किसानलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । बिदुर नगरपालिकाले किसानहरूको उत्पादन वृद्धिका लागि कृषि औजार र सिंचाई सामग्री हस्तान्तरण गरेको हो । बिदुर नगरपालिकाले प्याजको व्यावसायिक खेतीमा संलग्न विदुर नपा- ७ तुप्चेका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार र सिंचाईका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । 

बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, विदुर ७ का वडाध्यक्ष रबिन्द्र नेपाललगायतले किसानलाई ७ थान मिनिट्रिलर,८ थान स्प्रेयर र सिंचाईका लागि आवश्यक पाइप हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै मेयर श्रेष्ठले किसानको संरक्षणका लागि विदुर नगरपालिका सदा क्रियाशील रहेको बताए । 

उनका अनुसार साहुगाउँको करिब तीनसय रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा प्याज खेती सुरु गरिएको छ । विदुर नगरपालिकाको  विशेष कार्यक्रमअन्तर्गत विदुर -७ को साहुगाउँमा ‘प्याज पकेट कार्यक्रम’ सञ्चालन गरिएपछि कृषकले प्याजको व्यवसायिक खेती सुरू गरेका हुन् ।

प्याजको व्यावसायिक खेतीका लागि विदुर नगरपालिकाले आवश्यक तालिम,बीउ र कृषि औजारको समेत प्रबन्ध गरिदिएपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.