दसैंमा सडकको बिजोग

दसैंमा सडकको बिजोग

उदयपुर : सामान्य मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएका उदयपुरका ग्रामीण सडकमा सर्वसाधरणले सास्ती भोग्नु परेको छ। असार २८ गतेको भारी वर्षा र पहिरोले भत्किएका ग्रामीण सडक स्थानीय सरकारले मर्मतसम्भार गरेपछि सञ्चालनमा ल्याइएको थियो। तर सञ्चालनपछि लगातार तीन दिनसम्म परेको पानीले सडक पुनः उस्तै बनेको छ। 

    
ग्रामीणभेगका अधिकांश सडकहरु वर्षासँगै झरेको पहिरोका कारण सञ्चालनमा आउन सकेका छैनन्। स्थानीय तहले ती सडकमा यातायात सूचारु गर्न प्रयास जारी राखे पनि निकै कठिनाइ भएको बताएका छन्। 
    
सडक अवरुद्ध भएपछि दसैंका लागि आवत-जावत गर्न खाद्यन्न ढुवानीमा समस्या भएको सर्वसाधरणले बताएका छन्। पहाडी क्षेत्रका लिम्चङवुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिका, त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका पहाडी भुभागका सडक पनि ठाँउ–ठाउँमा पहिरो गएर बिग्रिएका छन्। 
    
भाडाको प्रलोभनमा परी कतिपय यातायात व्यवसायिले जोखिम मोलेर आफैँ सामान्य बाटो बनाउँदै यात्रुलाई सेवा दिइरहेको ताप्ली गाउँपालिकाका झगरबहादुर मगरले बताए। ती गाँउपालिका र नगरपालिकालाई सदरमुकाम गाईघाट र कटारी बजारसँग जोड्ने सडक अवरुद्ध हुँदा समस्या भएको हो।
    
सडक अवरुद्ध हुँदा एकातर्फ दसैं मनाउन हिँडेका सर्वसाधरणलाई समस्या भएको छ भने अर्कोतर्फ सहजरुपले खाद्यान्न ढुवानी नहुँदा चाडवाडमा खानपिनमा समस्या देखिएको उदयपुरगढी गाउँपालिकाका मकरसिंह मगरले बताए। 
    
सिद्धिचरण र सगरमाथा राजमार्गमा ठाँउ–ठाउँ पहिरो गएको छ। अवरुद्ध सिद्धिचरण राजमार्ग सूचारु गर्न मेसिनहरु पठाइएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘यो सडक उदयपुरको उत्तरी क्षेत्रका कटारी नगरपालिकाका वडा, ताप्ली र लिम्चुङबुङ गाउँपालिका तथा खोटाङ, ओखलढुंगा र सोलु जिल्लाको प्रमुख मार्ग भएकाले समयमा नै सडक सूचारु गर्न प्रयास जारी रहेको छ।'
    
कटारी नगरपालिकको बेतेनीदेखि ताप्ली गाँउपालिकको विभिन्न क्षेत्रलाई जोड्ने सडकमा पहिरोले सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ। त्यसैगरी रौतामाई गाँउपालिकको मुर्कुची हुँदै छिमेकी गाउँपालिका लिम्चुङबु र खोटाङको हलेसी जोड्ने सडक अवरुद्ध रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। 
    
उनले भने, ‘सर्वसाधरणलाई चाडबाडमा कठिनाइ नहोस् भन्ने हेतुले गाउँपालिका र अन्य व्यक्तिका मेसिनहरु प्रयोग गरी यातायात खुलाउने क्रम जारी छ।' डोकोमा बोकेर खाद्यन्य आपूर्ति गर्ने अवस्था नरहेकाले यातायातका साधन चाडो सूचारु गरिदिन स्थानीयले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.