३४ लाखको कपडासहित ३ जना पक्राउ

३४ लाखको कपडासहित ३ जना पक्राउ

बारा : भारतबाट तस्करी गरेर ल्याइएको करिब ३४ लाखको कपडा प्रहरीले बरामद गरेको छ। कपडा तस्करीमा संलग्न ३ जना कारोबारी पनि पक्राउ परेका छन्। बाराको सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोल स्थित मोजाहिर मियाँको घरमा भण्डारण गरी राखिएको ३३ लाख ९० हजार रुपैयाँ मुल्यको कपडा प्रहरीले बरामद गरेको हो। 

 
विशेष सुचनाको आधारमा प्रहरीले मियाको घरमा छापा मार्दा २२ वटा बोरामा रहेको कुर्ता सुरूवाल, बच्चाको सुट, सर्ट , पाइन्ट, साडी, सेण्डो लगायतका कपडा फेला परेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। 
 
कारोबारीले सिमावर्ती भारतीय बजारबाट कपडा खरिद गरी पाँच वटा मोटरसाइकलमा ओसारेर मियाको घरमा ल्याइ भण्डारण गरेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको खनालले बताए।
  
कपडा तस्करीमा संलग्न ३ जना कारोबारी पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको आदर्शकोतवाल गाउँपालिका–५ का रामरतन यादव, जयमंगलप्रसाद यादव र हेमचन्द्र तिवारी रहेका छन्। 
 
यस्तै कपडा तस्करीमा प्रयोगमा गरिएका भारतीय नम्बर प्लेटका ४ र नेपाली नम्बर प्लेटका १ गरी ५ मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
 
बरामाद कपडा र मोटरसाइकल आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक खनालले जानकारी दिए। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.