रसायनशास्त्र तर्फको नोबेल : लिथियम–आयन ब्याट्री विकास गर्ने तीन वैज्ञानिकलाई
काठमाडौं : सन् २०१९ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिथियम–आयन ब्याट्रीको विकास गरेका तीन जना वैज्ञानिकहरुलाई प्रदान गरिएको छ।
जोन बि गुडएनफ, एम स्टानली ह्विटिङटन र अकिरा योशिनोलाई रिचार्ज गर्न मिल्ने लिथियम–आयन ब्याट्रीको विकास गरेकोमा रसायनशास्त्र तर्फको पुरस्कार दिइएको स्विडेनको राजधानी स्टकहोमस्थित रोयल स्विडिश एकेडेमी अफ साइन्सेजले आज जनाएको बीबीसीले उल्लेख गरेको छ।
यी वैज्ञानिकहरूले विकास गरेको लिथियम–आयन ब्याट्रीको उपयोग मोबाइल फोन, ट्याब्लेट र ल्यापटपजस्ता पोर्टेबल उपकरणहरुमा सबैभन्दा बढी हुने गरेको छ।
पुरस्कारको घोषणा भएसँगै अहिले ९६ वर्षका प्रोफेसर गुडएनफ नोबेल पुरस्कार जित्ने सबैभन्दा बढी उमेरका व्यक्ति बन्न पुगेका छन्।
७ लाख ३८ हजार बेलायती पाउन्ड राशीको नोबेल पुरस्कार यि तीन जना वैज्ञानिकबीच बराबर भाग लगाएर दिइनेछ।