दसैंको टीकाकै दिन बेलायतमा नेपाली युवतीको हत्या

दसैंको टीकाकै दिन बेलायतमा नेपाली युवतीको हत्या

लन्डन : गत मंगलबार दसैंको टीकाकै दिन बेलायतमा एक नेपाली युवतीको हत्या भएको छ। बेलायतको लेष्टर शहरमा बस्दै आएकी ३२ वर्षीया शुभेच्छा बुराथोकीको हत्या भएको स्थानीय प्रहरीले जनाएको छ। 

मंगलबार बिहान उनकै निवासमा छुरा प्रहार भएको र घटनास्थलमै मृत्‍यु भएको बताइएको  छ। बिहान करिब साढे  ८ बजेको समयमा छुरा प्रहारको सुचना  पाएलगत्तै प्रहरीको टोली पुग्दा बुराथोकीको ज्यान गइसकेको थियो। तर त्यतिन्जेल आक्रमणकारी भागिसकेको थियो। 

पोस्टमार्टम रिपोर्टले पनि मृतकका शरीरका धेरै  ठाउँमा छुरा प्रहार भएको देखाएको छ। 

लेष्टर प्रहरीले बिहीबार एक वक्तव्य जारी गर्दै ‘फातिमा’ नामबाट चिनिँदै आएकी मृतकको वास्तविक नाम शुभेच्छा बुराथोकी रहेको र उनी नेपाली रहेको पुष्टी गरेको छ। मृतकबारे अरु जानकारी अहिलेसम्म उपलब्ध  छैन। 

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बुराथोकीको हत्या कसले र किन गर्‍यो भनेर अझै स्पष्ट हुन नसकेको बताएको  छ।  घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन्। 

यो केसको अनुसन्धान बेलायतको  इष्ट मिडल्यान्ड स्पेसल अपरेसन युनिटका इन्स्पेक्टर मार्क सिन्स्कीको नेतृत्वमा प्रहरीले गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.