एउटै नदीमा दुई स्थानीय तहलाई कर
चन्द्रपुर : एकै स्थानबाट नदीजन्य सामग्री उठाउँदा दुईवटा स्थानीय तहलाई कर बुझाउनु परेको व्यवसायीले गुनासो गरेका छन्। रौतहटको चन्द्रपुर नपा र बृन्दाबन नपाले वागमती नदीको मंगलपुर नजिकैको घाटबाट नदीजन्य सामग्री उठाउँदा कर लिने गरेका छन।
चन्द्रपुर नपालले स्थानमा ठेक्का लगाएपछि बृन्दाबन नपाले आफ्नो क्षेत्रमा ठेक्का लगाएको दाबी गर्दै आएको छ। ट्र्याक्टर व्यवसायीले भने जवरजस्ती दोहोरो कर लिएको बताउँदै आएको छ। एकै टिपमा दुई नगरपालिकालाई कर नतिर्ने अडान लिँदा ट्र्याक्टर केही पार्टपूर्जा झिब्ने गरेको, बेल्जा राख्ने गरेको र धम्क्याएर कर लिने गरेको ट्र्याक्टर चालक दिपेश चौधरीले गुनासो गरेका छन।
चन्द्रपुर नपाले यस आर्थिक वर्षका लागि वागमती नदी र पौराइ नाकाको उक्त क्षेत्रमा आशिक कन्स्ट्रक्सनलाई ठेक्क दिएको छ भने बृन्दाबन नपाले ठेक्का नलगाइ कर्मचारीबाट अमानतमा असोज १ गतेदेखि कर संकलन गर्दै आएको छ।
चन्द्रपुर नगरपालिकाले यसवर्ष एक करोड ६१ लाख रुपैयाँमा वागमती नदी र पौराइ नाकासमेत ठेक्का लगाएको हो।
आशिक कन्ट्रसनले प्रतिट्र्याक्टर चार सय ५० र बृन्दाबन नपाले चार सय रुपैयाँ कर उठाउने गरेका छन्।
एकै स्थानबाट समग्री उठाउदा दुईवटा नगरपालिकालाई कर बुझाउनु परेको भन्दै बिहीबार एक दर्जन ट्र्याक्टर सञ्चालकले चन्द्रपुर नगरपलिकाको कार्यालय ट्र्याक्टर राखेर आफूहरू मर्कामा परेको गुनासो गरेका थिए।
चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले वर्षौंदेखि यस क्षेत्रमा चन्द्रपुर नपाले ठेक्का लगाउदै आएको र प्राविधिकबाट नै वातावरणीय परीक्षण मूल्याकन गरी ठेक्का लगाएको दाबी गरेका छन।
ट्र्याक्टर व्यवसायीले दोहोरो कर हटाउन नगरपालिकामा बिहीबार निवेदन गर्दा गराएका छन। सीमा विवादका कारण दोहोरो करको मारमा पर्दै आएको उपभोक्ताको गुनासो छ।
जिल्ला समन्यवय समिति बृन्दाबन नपा र चन्द्रपुर नपाको प्रतिनिधिको छलफलबाट समस्या समाधान गर्ने मेयर चौधरीले बताएका छन्।