थलीमा आगलागी : एक घर जलेर नष्ट

थलीमा आगलागी : एक घर जलेर नष्ट

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका -५ थलीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिबार राति ८ बजेतिर थलीस्थित जीतबहादुर आचार्यको टीनले छाएको ४ कोठे घर जलेर नष्ट भएको हो।

आचार्यले ३ लाख नगद, ७ तोला सुनसहित भाडाकुँडा, लत्ताकपडालगायत घरमा रहेको सबै सामान जलेर नष्ट भएको जानकारी दिए ।

भान्सामा खाना बसालेर आफू अर्को कोठामा गएको बेला छिमेकीले आगो लागेको जानकारी गराएपछि मात्रै आचार्यकी श्रीमती विन्दाले आगो लागेको थाहा भएको बताइन् । आगलागि हुँदा घरमा राखिएका २ वटा ग्यास सिलिन्डरसकेत पड्किए।

घरभित्र उनका १० वर्षीय छोरा र बिरामी भाई बुहारी रहेका थिए। उनीहरुपनि बाहिर आगो लागेको थाहा पाएपछि भागेर बाँचेको आचार्यले बताइन् । 'बाहिर आउँदा भान्सामा खाना पाकिरहेको छ, कसरी आगो लाग्यो, सिलिन्डरपनि पछिमात्रै पड्किएका हुन् ।' उनले भनिन्, ' मानवीय क्षति त हुन पाएन तर सबै सम्पति नष्ट भयो।' 

आगो निभाउन दमकल पुगेपनि घटनास्थलमा जाने बाटो नभएपछि स्थानीय र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको हो । उनीहरु राति छिमेकीको घरमा गएर बसेका छन्।

सिन्धुपाल्चोक स्थायी घर भएका आचार्यको थलीमा सानो कपडा पसल रहेको छ । उनी कहिलेकाहिँ भाँडा बोकेर बजारमा बेच्ने कामसमेत गर्दै आएका छन् । कपडा पसलमा रहेका जीतबहादुरलाई छिमेकीले घरमा तुरुन्त आउन भनेपछि उनी घरमा आएका थिए । आचार्य भन्छन्,'अस्पतालबाट बिहानमात्रै बिरामी बुहारी घरमा ल्याएकाले केही भयो कि भनेर कुद्‍दै आएँ, आउँदा घर जलेर नष्ट भएको रहेछ।' 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.