बुद्धको जन्मस्थल गोटिहवामा पहिलो पटक पूर्णिमा उत्सव

बुद्धको जन्मस्थल गोटिहवामा पहिलो पटक पूर्णिमा उत्सव

कपिलवस्तु :  क्रकछन्द बुद्धको जन्मस्थल गोटिहवामा आइतबार राति पहिलो पटक पूर्णिमा उत्सव सम्पन्न गरिएको छ । अशोज पूर्णिमाको अवसर पारेर मनाइएको पूर्णिमा उत्सवमा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले प्राचीन बौद्धकालीन पुरातात्विक स्थलको विकास र प्रचारप्रसारमा प्रदेश सरकारले विशेष चासो लिएको बताए। 

कपिलवस्तुमा तिलौराकोट, गोटिहवा र निग्लिहवाजस्ता प्राचीन बौद्धकालीन सम्पदा हुँदा पनि यस क्षेत्रको विकास गर्न नसकिएको प्रति मन्त्री गिरीले चिन्ता व्यक्त गरे ।

प्रदेश ५ अन्तर्गत अबको विकास कपिलवस्तुका पुरातात्विक तथा पर्यटकीय स्थललाई केन्द्रमा राखेर विकासको काम सुरु गरिने मन्त्री गिरीले बताए । यहाँ क्रकछन्द बुद्धको जन्मस्थलको प्रमाण बोकेको अशोक स्तम्भ अलपत्र अवस्थामा रहेको छ । अशोक स्तम्भ र समग्र गोटिहवा क्षेत्रको विकासमा प्रदेश सरकारको चासो हुनुपर्ने सो अवसरमा स्थानीयले मन्त्री गिरीसमक्ष आग्रह गरेका छन् । उत्सवको अवसरमा गोटिहवा अशोक स्तम्भमा द्विप प्रज्जवलन गरिएको थियो ।

गोटिहवा क्षेत्रमा इसापूर्वदेखि चौथो शताब्दीसम्म मानव वस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन् गरिएका अवशेषबाट प्रमाणित भइसकेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्राईले बताए ।

लुम्बिनी विकास कोषको गुरु योजनाको काम तीव्ररुपमा अघि बढेसँगै कपिलवस्तुका पुरातात्विक स्थलको उत्खनन्, संरक्षण र विकासका लागि कोषले विशेष चासोका साथ काम अघि बढाएको निमित्त सदस्य सचिव भट्टराईले बताए । 

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय धर्मबहादुर लाल श्रीवास्तब र सहसराम यादवले कपिलवस्तुको पर्यटकीय तथा पुरातात्विक स्थलहरुको विकासका लागि आफूहरुले निरन्तर प्रदेश सभामा आवाज उठाउँदै आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.