राजधानी वरिपरिको विकासले मुलुकको विकास हुँदैन : भीम रावल

राजधानी वरिपरिको विकासले मुलुकको विकास हुँदैन : भीम रावल

धनगढी : पूर्व उपप्रधानमन्त्री तथा नेकपाका सुदूरपश्चिम इन्‍चार्ज भीम रावलले राजधानी वरिपरिको विकासले मात्रै देशको समग्र विकास नहुने स्पष्ट पारेका छन्। चिनिया राष्ट्रपति सि चिनफीङसँग नेपालले गरेको २० बुँदे सम्झौतामा सुदूरपश्चिमका कुनै पनि ठूला योजना नपरेको भन्दै नेता रावलले नेकपाको प्रदेश कमिटिको बैठकलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। 

उनले चिनिया राष्ट्रपतिको भ्रमण अघि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा आफूले बहुउद्देश्यीय पश्चिम सेती जलविद्युत आयोजना, दार्चुलाको तिंकरहुँदै तिब्बत जोड्ने नाका र बझाङको उरै भञ्ज्याङहुँदै तिब्बतको ताक्लाकोट जोडने नाकाका बारेमा आफूले कुरा राखेको बताए ।

'चीनसँग गरिएका सम्झौता स्वागतयोग्य छन, तर राजधानी वरिपरिको विकासले मात्रै समग्र विकास हुन्छ भन्ने होइन, राजधानीदेखि टाढाको विकासका लागि पनि सोच्नुपर्छ,' उनले भने । उनले आफूले प्रधानमन्त्रीलाई दिएको सुझावअनुसार के सहमतिमा परे ? के परेन भन्ने कुरा भने काठमाडौं गएर बुझ्ने बताए ।चीनसँग भएको सम्झौतामा सुदूरपश्चिम प्रदेशको विकासका लागि कोशेढुंगा मानिने यी कुनै परियोजना समेटिएका छैनन्। 

पार्टी एकीकरण पछि नेकपाको दोस्रो बैठक धनगढीमा सुरु भएको हो । पार्टी अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटिका पदाधिकारी, सुदूरपश्चिमका मुख्यमन्त्रीसहित मन्त्रीहरुको सहभागिता छ। 

नेकपा सुदूरपश्चिम प्रदेशको दोस्रो बैठकमा सहभागी नेताहरु । तस्बीर : शिवराज भट्ट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.