कुलेखानी तेस्रोबाट व्यावसायिक उत्पादन सुरु

कुलेखानी तेस्रोबाट व्यावसायिक उत्पादन सुरु

हेटौंडा : निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुरु भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका १ सानुटारस्थित आयोजनाले मंगलबार मध्यान्नसम्म १ लाख १२ हजार युनिट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा पठाएको जानकारी दिएको छ।

तर, अझै एक महिना परीक्षण उत्पादन गरेर मात्र व्यावसायिक उत्पादन सुरु गर्ने कुलेखानी तेस्रोका उपप्रबन्धक धीरेन्द्र चौधरीले बताए। ‘दुईवटा युनिटमध्ये एउटाबाट दसैं अघि र अर्कोबाट असोज १७ गतेबाट परीक्षण उत्पादन सुरु भएको हो’, उनले भने, ‘सबै परीक्षण सकाएर एक महिनाभित्र हामी व्यावसायिक उत्पादन सुरु गर्छौं।’ हाल टरवाइन, जेनेरेटरलगायत मेसिन क्षमता परीक्षणको काम भइरहेको चौधरीले बताए।

सम्झौताअनुसार चार वर्षमा सकिनुपर्ने निर्माणकार्य ठेकेदारको ढिलासुस्तीका कारण थप सात वर्ष लम्बिएको थियो। तिहारभित्र योजना पूर्णरूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको इलेक्ट्रोमेकानिकल तर्फको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जिल्लुनका ठेकेदार नवेशेर चक्रवर्तीले बताए। ‘विविध कारणले योजनाको काम ढिला भयो तर तिहारभित्र नेपालीले नयाँ योजनाको विद्युत् पाउनेछन्’, उनले भने।

आयोजनाका दुईवटा युनिटबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ। तर कुलेखानी दोस्रोले पठाउने पानीको आधारमा यसले विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ। कुलेखानी दोस्रो आयोजना भैंसेबाट ४ दशमलव २ किलोमिटर सुरुङमार्फत आयोजनास्थल सानुटारसम्म पानी ल्याइएको छ। आयोजना निर्माण सुरु गर्दा लागत दुई अर्ब ४३ करोड अनुमान गरिएको थियो। हालसम्म करिब ४ अर्ब रुपैयाँ खर्च भइसकेको कुलेखानी तेस्रो आयोजनाले जनाएको छ। योजना हस्तान्तरण हुँदासम्म साढे चार अर्ब रुपैयाँ खर्च हुने आयोजनाको अनुमान छ।

१४ मेगावाट क्षेमताको उक्त विद्युत् आयोजना निर्माण सुरु गर्दा प्रतिमेगावाट १७ करोड ३६ लाख खर्च अनुमान गरिएकोमा हाल प्रतिमेगावाट निर्माण खर्च ३३ करोड २१ करोड रुपैयाँ पर्न आएको छ।

आयोजनाबाट वार्षिक सरदर ४० दशमलव ६५ मेगावाट विद्युुत् उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ। विद्युत्गृह निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘जेजियाङ जिल्लुन’ र सिभिलतर्फको सिनो हाइड्रो कम्पनीले लिएको थियो। सिभिलतर्फको काम भने सकिसकेको छ। २०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालसम्म निर्माण सम्पन्न गर्ने सम्झौता थियो। यसबीचम ठेकेदार पक्षले विभिन्न बहाना गर्दै छपटक म्याद थप गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.