सवारीसाधनको प्रदूषण परीक्षण रोकियो

सवारीसाधनको प्रदूषण परीक्षण रोकियो

काठमाडौं : सडकमा गुडिरहेका सवारीसाधनलाई गरिँदै आएको छड्के परीक्षण रोकिएको छ। ट्राफिक प्रहरी, वातावरण विभाग र यातायात कार्यालयले संयुक्त रुपमा गर्दै आएको सवारीसाधनको प्रदूषण परीक्षण रोकिएको हो। असार १७ गतेबाट प्रदूषण परीक्षण भएको छैन। १७ गते ८५ वटा सवारीसाधनमा गरिएको परीक्षणमा ३२ वटा फेल भएका थिए।

नियमित हुँदै आएको सवारी प्रदूषण जाँच हाल रोकिएको वातावरण विभागका उपमहानिर्देशक ईन्दुबिक्रम जोशीले जानकारी दिए। ‘छड्के जाँचमा विभागले प्राविधिक सहयोग गर्दै आएको थियो’, उनले भने। तत्कालका लागि बन्द भए पनि आगामी दिनमा यसलाई निरन्तरता दिने उनले बताए।

असारमा मात्रै २ सय ८४ सवारीसाधनको प्रदूषण परीक्षण गरिएको थियो। त्यसमध्ये १ सय ७१ वटा सवारीसाधनको प्रदूषण फेल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। २०७५ चैत २१ देखि जेठसम्म गरिएको परीक्षणमा २ हजार ९ सय ३४ सवारीको प्रदूषण परीक्षण गरिएकोमा १ हजार ५ सय ७९ सवारी फेल भएका थिए।

अभियानको रुपमा प्रदूषण जाँच हुँदै आएको र हाल अभियान रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा एसपी रविकुमार पौडेलले जानकारी दिए। ‘प्रदूषण जाँच ट्राफिक प्रहरीभन्दा पनि यातायात कार्यालयको काम हो’, पौडेलले भने, ‘अभियानमा हामीले हातेमालो गरेका हौं। प्रदूषण जाँचको क्रममा फेल भएका सवारीलाई कारबाही गर्दै आएका थियौं।’

२०७५ जेठ २० गते गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत समेत सवारीसाधनबाट हुने प्रदूषणको छड्के जाँच गर्न सडकमै निस्किएका थिए। छड्केमा परेका सवारीमध्ये ५० प्रतिशतभन्दा बढी सवारीसाधनको प्रदूषण फेल हुने गरेका छन्। यसले पनि सडकमा गुडिरहेका सवारीसाधनको अवस्था कस्तो छ भन्ने देखाउँछ। २०७५ चैत २१ गतेबाट सुरु भएको ‘उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत परीक्षण हुँदै आएको थियो।

हावामा हुने धूलोको मात्रामा सवारी साधनले निकाल्ने धूलोको ३८ प्रतिशत हिस्सा छ। सवारीसाधनले २ दशमलव ५ पिएम (पार्टिकुलर म्याटर) को धूलो उत्पादन गर्छ। मानव स्वास्थ्यका दृष्टिले सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकाले सरकारले प्रदूषण मापनमा कडाइ गर्नुपर्ने वातावरण विद्को भनाइ छ। वायु प्रदूषण हुनुमा सवारीसाधनबाट निस्कने धुँवाको हिस्सा धेरै रहेको वातावरणविद् भुषण तुलाधरले बताए।

सवारीबाट जाँच कडाइका साथ कार्यान्वयन भए पनि प्रदूषण कम हुने उनको भनाइ छ। डिजेल÷पेट्रोलबाट कार्बन मोनोअक्साइड, हाइड्रोकार्बनजस्ता हानिकारक धुवाँ निस्कन्छ जसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ। हाल लागू रहेको सवारी प्रदूषण मापदण्ड पालना भए नभएको मापन गर्न यातायात व्यवस्था विभागअन्तर्गत करिब ४५ वटा ग्यास एनालाइजर र ४ वटा स्मोक छन्। यसले लाखौंको संख्यामा रहेका सवारीसाधनले प्रदूषण मापदण्ड गर्न कठिन पनि छ। अर्कोतर्फ विभागले २ पांग्रे सवारीसाधनको प्रदूषण मापदण्डको परीक्षण गर्दैन। सवारी जाँचका लागि ३५ रुपैयाँ तोकिएको छ। यदि मापदण्डविपरीत भए ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । तर प्रदूषण फेल भएका सवारी पनि निर्वाद सञ्चालन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.