आमालाई खरिद गरेको अक्सिजन मेसिन स्वास्थ्यचौकीलाई

आमालाई खरिद गरेको अक्सिजन मेसिन स्वास्थ्यचौकीलाई

उदयपुर : रौतामाई गाउँपालिकाका ७ मुर्कुचीका अम्बरबहादुर रायामाझीको परिवारले स्वास्थ्य चौकी मुर्कुचीलाई अक्सिजन मेसिन सहयोग गरेको छ। स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा आमा स्वर्गीय सावित्रा रायमाझीका नाममा छोरा अम्बर, गोबिन्द र दिपक रायमाझीले १ लाख ४ हजार मुल्यको इलेक्ट्रिकल अक्सिजन मेसिन हस्तान्तरण गरेका हुन् । 

रौतामाई गाउँपालिकाको प्रमुख सल्लाहकारसमेत रहेका रायमाझीले गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्कालाई अक्सिजन मेसिन, स्टेपलाइजर, पाइपलगायतका सामग्री हस्तान्तरण गरेका हुन्। 

सोहीअवसरमा गाउँपालिकाका अध्यक्ष खड्काले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा ७ नम्बर वडाध्यक्ष उत्तरकुमार मगरलाई हस्तान्तरण गरे । उक्त मेसिन विशेषगरी दमका रोगीका लागि उपयुक्त हुने रायमाझीले बताए। 

प्रमुख सल्लाहकार एवम् समाजसेवी रायमाझीकी स्व. आमा सावित्रा रायमाझी दम रोगी थिइन् । उक्त मेसिन आमाका लागि खरिद गरिएको मृतकका छोरा दिपक रायामाजीले जानकारी दिए।

उक्त मेसिन प्रयोग गर्न नपाउँदै आमाको मृत्यु भएपछि पालिकालाई प्रदान गरेको रायमाझीले बताए।

उनले दमका रोगीलाई कृतिम श्वास आवश्यक पर्ने भएकाले उनीहरुको सहजताका लागि सहयोग पुग्ने बताए ।  सामाजिक सेवा र सहयोगी भावले अक्सिजन मेसिन प्रदान गर्ने रायमाझी र उनको परिवारलाई पालिका अध्यक्ष खड्काले धन्यावाद ज्ञापन गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.