गरिमा धानमा लागेन बाला, विज्ञ भन्छन्- पानी अभाव भयो

गरिमा धानमा लागेन बाला, विज्ञ भन्छन्- पानी अभाव भयो

कपिलवस्तु : जिल्लाका विभिन्न स्थानमा रोपिएको गरिमा जातको धानमा बाला नलाग्दा किसान चिन्तित भएका छन् । जिल्लाको वाणगंगा नगरपालिका ८ मोर्मी, शिवराज नगरपालिका ३ खरेन्द्रपुरलगायत जिल्लाका विभिन्न स्थानका किसान समस्यामा परेका छन्।

शिवराज नगरपालिका ३ खरेन्द्रपुरका तुलसीराम सापकोटाले १७ कठ्ठा र गोपाल खड्काले ३२ कट्ठा खेतमा यस वर्ष गरिमा धान रोपेका थिए । यसैगरी, वाणगंगा नगरपालिका ८ मोर्मीका भीमलाल न्यौपानेले १० कट्ठा, लक्ष्मी आचार्यले ५ कट्ठा र नेमसरी गुरुङ्गले १४ कट्ठा गरिमा धान रोपेका थिए । 

धान रोपेको ३ महिना बढी भयो । तर वरपरका सबैको धान काटेर भित्र्याउँदा पनि उनीहरुको धानले बाला हाल्ने छाटकाट छैन ।  वाणगंगा ८ मोर्मीकै नेमसरी गुरुङ्गले १४ कट्ठाको हरियो धान बाली जोतेर आलु र तोरी लगाउने तयारी गरेकी छिन् । 'धानको बाला लाग्छ की भन्ने आशैआशमा बसे तर बाला लाग्ने लक्षण देखिएन अनि बाध्य भई सबै धान खेत जोतें, गुरुङले भनिन्, 'धान त भएन भएन, तोरी र आलु लगाउने समय पनि जान्छ कि भन्ने डर लागेर हतारमा तोरी र आलु छर्न सुरु गरें।'

शिवराज नगरपालिका र आसपासका कृषकले यो धानको बीउ स्थानीय आफ्ना गाउँठाउँका सहकारी संस्थामार्फत‍‍् खरिद गरेका थिए। वाणगंगा नगरपालिका ८ मोर्मीका कृषकले वाणगंगा नगरपालिकाको ४ नम्बर जीतपुरस्थित घिमिरे एग्रोभेटबाट धानको बीउ खरिद गरेको बताए । आफूहरुले समस्याबारे पटकपटक घिमिरे एग्रोभेटका संचालकसँग गुनासो गर्दै आए पनि आफूहरबाट कुनै सुनुवाई नभएको पीडित भिमलाल न्यौपानेले बताए । 

धानको बाला नलागे पछि धानसहित खेत जोतेर तोरी  र आलु लगाउने तयारी खेत।तस्बिर : गोपाल भण्डारी

बढी उत्पादन होला भनेर विश्वासमा गरिमा धान रोप्यौं, न्यौपानेले भने, 'काट्ने बेलामा आएर यति ठूलो धोका भयो।' अब त वर्षभरी खाने खर्चसम्म पनि जुटाउन गाह्रो छ,' उनले दुखेसो पोखे। 

बीउ विक्रेताबाट आफूहरुलाई भएको नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने पीडित किसानको माग छ । नगरपालिकास्थित कृषि शाखा, धान सुपर जोनलगायत सबै ठाउँमा आफूहरुले समस्या बताएको पीडित किसानले बताए ।

गरिमा धान ढिलो फल्ने र प्रशस्त पानी चाहिने जात हो। पानी अभावका कारण यस्तो भएको हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामगोविन्द आर्यले बताए । यस सम्बन्धमा बुझ्न कृषि प्राविधिकलाई फिल्डमा खटाइएको केन्द्र प्रमुख आर्यले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.