१९ किलो चाँदीसहित एकजना पक्राउ

१९ किलो चाँदीसहित एकजना पक्राउ

वीरगन्ज : बाराको सिम्रौनगढ नाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका ६ सतुवाही नाकाबाट सशस्त्र प्रहरीले १९ किलो १ सय ग्राम चाँदीसहित बाराको साविकको बारागढी गाउँपालिका ६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो ।

गोप्य सुराकीको आधारमा गोलागन्जमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टबाट खटिएको प्रहरीको टोलीले साहलाई शुक्रबार बिहान ८ बजे १९ किलो एक सय ग्राम चाँदी सहित नियन्त्रणमा लिएको हो । 

भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक मल्लले जानकारी दिए । बरामद चाँदीको बजार मुल्य १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.