सामुदायिक विद्यालय : विद्यार्थीको बेथिति

सामुदायिक विद्यालय : विद्यार्थीको बेथिति

सिरहा : बिहीबार दिउँसो पौने २ बजेको थियो। वि श्रामपछि कक्षाको समय हो, त्यो। केही विद्यार्थी चौरमा खेलिरहेका थिए। शिक्षक कार्यालयमा बसिरहेका थिए। अन्नपूर्ण पोस्ट्कर्मी विद्यालयमा पुगेपछि हतार–हतार शिक्षकहरूले विद्यार्थीलाई कक्षामा बोलाए। यो दृष्य हो, लहान नगरपालिका २४ जनता आधारभूत विद्यालय यादव टोल गोविन्दपुर मल्हनमाको।

बालविकास र कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा ९१ जना विद्यार्थीको नामांकन छन्। तर नियमित विद्यार्थी उपस्थिति न्यून छन्। सो दिन कक्षा २ र ३ मा ३÷३ जना र कक्षा ४ र ५ मा ४÷४ जना मात्रै पढ्न आएका थिए। अरू कक्षामा पनि विद्यार्थी खासै थिएनन्। अरू दिन पनि पूरै विद्यार्थी पढ्न नआउने गरेको कक्षा २ का विद्यार्थी श्यामबालक यादवले सुनाए।

थोरै विद्यार्थी पढ्न आए पनि कक्षा ४ र ५ बाहेकका विद्यार्थीलाई बस्न बेन्च र लेख्न डेस्क पनि छैन। उनीहरू त्रिपालमा बसेर पढ्छन्। कक्षाकोठा झ्यालको पल्ला पनि छैनन्। जाडोमा विद्यार्थी विद्यालय कम आउँछन्। एउटै कोठामा दुईवटा कक्षाको पढाइ हुने गरेको छ। बालविकास, कक्षा १ एउटा कोठामा, कक्षा २ र ३ अर्कोमा र कक्षा ४ र ५ को विद्यार्थी पनि एउटै कक्षाकोठामा राखेर पठनपाठन गराउने गरिएको छ।

एकातिर पढाइ चलिरहेको बेला अन्तैतिर बसेर विद्यार्थीले समय बिताउनु परेको विद्यार्थीले बताए। शिक्षक, फर्निचर र पानीसमेतको अभावमा विद्यार्थीले पठन पाठनमा कठिनाइ भोग्नु परेको प्रधानाध्यापक श्रदेव यादवले स्वीकार गरे। ३ दरबन्दी शिक्षकमध्ये २ जना छन्। त्यसैगरी, बालविकास सहजकर्ता र कार्यालय सहयोगी एक÷एकजना छन्। ‘एउटै कोठामा दुईवटा कक्षाको विद्यार्थी पढाउनु बाध्यता छ’, यादवले भने, ‘हामीले व्यवस्थित गर्न नगरपालिकासँग माग गरेका छौं।’ चाडपर्वको महिना भएकाले विद्यार्थीको उपस्थिति पातलिएको उनको भनाइ छ।

‘बेन्च, डेस्क र शिक्षक त अभाव छँदैछ। पानीको पनि अभाव छ’, कक्षा ५ की दिव्याकुमारी महताले भनिन्, ‘शौच गर्न र खानेपानीका लागि घर जानुपर्छ।’ स–साना विद्यार्थीको बारेमा कसैले चासो नलिएको उनको गुनासो छ। स्थानीय सरकार आएपछि जनताको आधारभूत आवश्यकताभन्दा कमिसन आउने विकास बजेटमा जनप्रतिनिधिले ध्यान बढी लगाउने गरेको सोही ठाउँका स्थानीयको आरोप छ।

‘देखादेख जनप्रतिनिधिले मनपरी गर्छन्। तर हामी बोल्न सक्दैनौं’, एक अभिभावकले भने, ‘अहिले जनप्रतिनिधि आफूलाई शक्ति भएको ठान्छन्। सर्वसाधारणलाई मान्छै नै गन्दैनन्।’ शिक्षामा झन् बढी बेथिति देखिन थालेको अभिभावकको गुनासो छ।

विद्यालयहरूमा व्यवस्थित पठनपाठन चलाउन आवश्यक पर्ने बजेट नगरपालिकासँग माग गरिएको सोही वडाका अध्यक्ष कमलदेव यादवले बताए। ‘यस वर्ष विद्यालयको फर्निचरका लागि एक लाख रुपैयाँ आएको छ’, उनले भने, ‘बिस्तारै व्यवस्थित गर्न लागेका छौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.