रेफर सेन्टर बन्दै अस्पताल

रेफर सेन्टर बन्दै अस्पताल

ओखलढुंगा : ओखलढुंगा जिल्ला अस्पताल जनशक्ति र उपकरण अभावले थलिँदै गएको छ। आवश्यक जनशक्ति र प्राविधिक उपकरण नहुँदा सामान्य चेकजाँच र औषधि वितरणको सेवा मात्र उपलब्ध छ। गम्भीर प्रकृतिका रोग पहिचान तथा शल्यक्रिया गर्न विशेषज्ञ चिकित्सक छैनन्।

भएका चिकित्सकका लागि आवश्यक उपकरण पनि छैनन्। १५ शै्याको अस्पतालमा दैनिक वेड भर्नाका लागि ५ भन्दा पनि कम बिरामी आउँछन्। आएका बिरामीको पनि उपचार नहुँदा जिल्ला बाहिर जान बाध्य भएको स्थानीय बताउँछन्।

दुर्घटनाका गम्भीर घाइते, शल्यक्रिया गर्नुपर्ने र परीक्षण गरेर रोग पत्ता लगाउनुपर्ने बिरामी महँगो खर्चेर काठमाडौं धाउन बाध्य छन्। विशेषज्ञ डाक्टर र उपकरण अभावको कारण देखाउँदै अस्पतालले आकस्मिक उपचारमा आउने बिरामी रिफर गर्दै आएको छ। २०६६ सालमा स्थापना भएको यो अस्पतालले अझैं अपरेसन थिएटर सञ्चालनमा ल्याउन सकेको छैन। भवन अभाव भएकाले अप्रेसन थियर सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ। आवश्यकता अनुसार जनशक्ति नभएको र भएकाको लागि पनि उपचार गर्न उपकरण नहुँदा रेफर गर्नु बाध्यता रहेको अस्पतालका प्रमुख डा. मुकुन्दप्रसाद यादवले बताए।

युनाइटेड मिसन टु नेपालद्वारा सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रुमा सञ्चालित ५० शै्याको क्षमताको ओखलढुंगा सामुदायिक अस्पतालको हालत पनि उस्तै छ। विशेषज्ञ चिकित्सक र उपकरण अभाव देखाउँदै यो अस्पतालले पनि आकस्मिक बिरामीहरुलाई विराटनगर, काठमाडौं लगायतका अस्पतालमा रेफर गर्दै आएको छ।

जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा ठूलो रोग लागेका बिरामी लाखौं खर्चेर हेलिकप्टर चार्टर गर्न बाध्य छन्। यहाँका अस्पतालमा विशेषज्ञ चिकित्सक र एमआरआई, सीटीस्क्यान तथा ल्याबका सेवाहरू नहुँदा समस्या भोग्नु परेको स्थानीय उरमान तामाङले बताए। सानो समस्या देखिँदा पनि जिल्लामा उपचार नहुँदा महँगो खर्चेर हेलिकप्टरमार्फत काठमाडौं जान बाध्य भएको दुःखेसो पोखे।

दुवै अस्पतालमा आएका बिरामीलाई सामान्य चेकजाँच गर्ने र सुविधासम्पन्न अस्पतालमा रेफर गर्ने गरिएको छ। यी अस्पतालबाट बिरामीले औषधि पनि पाउन सकेका छैनन्। ‘पूर्वाधार र जनशक्ति मुख्य कुरा हो, अहिले त शल्यक्रियाको सेवाका लागि रेफर नै गर्नुपर्छ’ अस्पतालका डाक्डर यादवले भने। रुम्जाटार अस्पताल शव पोष्टमार्टम र रेफर सेन्टर जस्तो मात्रै भएको स्थानीय देवकुमार दाहालले बताए।

जिल्ला अस्पताल भए पनि स्वास्थ्यचौकीको भन्दा सेवा गुणस्तरीय नभएको उनको भनाइ छ। सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले सरकारको हरेक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने नीति अनुसार जिल्ला अस्पताललाई स्तरबृद्धि गर्न पहल भइरहेको बताए। उनले स्वास्थ्यका सवालमा स्थानीय सरकार संवेदनशील रहेको दावी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.