सीमा क्षेत्रमा मदिराको अवैध कारोबार

सीमा क्षेत्रमा मदिराको अवैध कारोबार

वीरगन्ज : भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि बिहारसँग सीमा जोडिएका पर्साका ग्रामीण भेगमा मदिराको अबैध कारोबार फस्टाएको छ। भारतको बिहारमा त्यहाँको सरकारले सन् २०१६ को अप्रिलदेखि नै मदिराको उत्पादन ओसार पसार,  विक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो। 

बिहारमा मदिरा पूर्ण प्रतिबन्धित भएदेखि नै पर्साका ग्रामीण भेगमा रहेका सीमावर्ती बजार र गाउँमा मदिराको कारोबार फस्टाएको हो। योसँगै पर्साका सीमावर्ती नाका हुँदै नेपालबाट शिलबन्दी गरिएका मदिरा बिहारमा तस्करीसमेत भइरहेको पाइएको छ।  

सोमबार साँझ पर्साको ठोरी नाका हुँदै अबैध रूपमा बिहार लैजाँदै गरिएको अवस्थामा प्रहरीले एक गाडी शिलबन्दी मदिरासहित दुई जना कारोबारीलाइ पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय ठोरीको टोलीले दुई दिनअघि भारत बिहार जिल्ला पश्चिम चाम्पारण नरकटियागञ्ज बस्ने २७ वर्षीय भोलाकुमार जैसवाल र पर्साको ठोरी गाउँपालिका–२ बस्ने २० वर्षीय राजु साहलाई नियन्त्रणमा लिएको हो।

बीआर ०६ टीभी ४३३१ नम्बरको भारतीय गाडीमा, अबैध शिलबन्दी मदिरा बिहार लैजाँदै गरेको अवस्थामा प्रहरीले ठोरी नाकाबाट बिहारको नरकटियागन्ज घर भएका २७ वर्षीय भोलाकुमार जैसवाल र पर्साको ठोरी गाउँपालिका २ घर भएका २० वर्षीय राजु साहलाई नियन्त्रणमा लिएको हो। 

स्कार्पियो गाडीबाट टुबोर्ग बियर १२ बोत्तल, टाइगर वियर १२ बोतल, किङफिसर बियर २४ बोतल, ब्यारन ब्राण्डको रक्सी ५४ बोतल, गोल्डेन ओके ३६ बोतल, सिग्नेचर ३६ बोतल, र रुस्लान भोड््का ३६ बोतल बरामद गरिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए। 

ठेलामा लुकाएर मदिराको तस्करी 
वीरगन्जको भन्सार नाकाबाटै पनि नेपाली शिलबन्दी मदिरा भारतमा तस्करी भइरहेको छ। वीरगन्जबाट ठेलामा भारत निर्यात हुने पुराना प्लाष्टिक, कार्टुनलगायतका कचरा र कबाडी सामानभित्र सोफी , रुस्लान भोड्का, म्याग्डोल ब्राण्डका शिलबन्दी मदिरा दिनहु तस्करी भइरहेको छ।

 वीरगन्जको रजत जयन्ती चोक, वैष्णव सिनेमा हल र भन्सार क्षेत्रमा कबाडी पसल छन्। ती कबाडी पसलबाट भारतको रक्सौलमा निर्यात हुने पुराना प्लाष्टिक, कार्टुन र कागजभित्र कारोबारीले शिलबन्दी मदिरा लुकाएर तस्करी गर्दै आएका छन्। 

सीमा क्षेत्रमा रहेका प्रहरी चौकीका सुरक्षाकर्मीले पुराना प्लाष्टिक र कार्टुनलगायतका कबाडी सामान ठेलामा राखेर रक्सौल जाने भएकाले चेकजाँच नगरेका कारण कारोबारीले सजिलै शिलबन्दी मदिराको तस्करी गर्दै आएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.