पइचिङको समर प्यालेसभित्र ‘सुन्दर नेपाल’

पइचिङको समर प्यालेसभित्र ‘सुन्दर नेपाल’

पइचिङ : पइचिङको यूनेस्को सम्पदामा सूचीकृत समर प्यालेसमा ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी कार्तिक ७ गते बिहीबारबाट आरम्भ भएको छ। पइचिङको पर्यटकीय गन्तव्य, प्रतिदिन हजारको संख्यामा पर्यटकले भ्रमण गर्ने उक्त समर प्यालेसको तालको किनारामा नेपालको विशेषता झल्किने ६० वटा फोटा सजाइएका छन्। दुई सातासम्म चल्ने प्रदर्शनीले नेपालको अधिकतम प्रचार-प्रसार हुने आयोजक सस्ंथाहरू पइचिङस्थित नेपाली दूतावास, विदेशी मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्धका लागि पइचिङ जनसंघ र पइचिङ उद्यान व्यवस्थापन केन्द्रको अपेक्षा छ।

तालको किनारामा सजाइएका बन्जी जम्पिङको फोटो हेर्दै एक चिनियाँले आफूलाई नेपाल भ्रमणको साहसिक स्मरण भएको बताए। उनले आफू दुईपटक नेपाल गइसकेको पनि बताए। पइचिङस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले फोटो अवलोकन गरिरहेका उत्सुक चिनियाँलाई गैंडाको फोटो देखाउँदै नेपालले केही वर्षअघि चीनलाई उपहारस्वरूप उपलब्ध गराएको जानकारी दिए। प्रदर्शनीमा नेपालको प्राकृतिक दृश्य, सम्पदा स्थल, वन्यजन्तु, साहसिक खेल तथा संस्कृति झल्किने फोटा राखिएका छन्।

 नियोग उपप्रमुख लम्सालले आफ्नो मन्तव्यमा यस प्रदर्शनी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन एउटा प्रयास भएको पनि बताए। साथै लम्साललगायत आयोजकका तर्फ चिनियाँ वक्ताहरूले हालै भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्मरण गर्दै नेपाल-चीन सम्बन्धमा नयाँ अध्याय थपेको बताए। फोटो प्रदर्शनीबाट जनस्तरमा सम्बन्ध बलियो हुने र चिनियाँका लागि एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा नेपालको चित्रण हुने आशा पनि व्यक्त गरे।

विदेशी मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्धका लागि पइचिङ जनसंघका उपाध्यक्ष सु पानसङ, नेपाली दूतावासका तर्फबाट नियोग उपप्रमुख सुशीलकुमार लम्साल र पइचिङ उद्यान व्यवस्थापन केन्द्रका निर्देशक वाङ चोङहुइले संयुक्त रूपमा रिबन काटेर प्रदर्शनीको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा पइचिङमा अध्ययनरत नेपाली विद्यार्थी मनिला कार्की, महिमा गुरुङ र चन्द्र तामाङले नेपाली नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा चिनियाँ, विदेशी कूटनीतिज्ञ तथा चीनमा पढ्दै बस्दैआएका नेपाली उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.