कुरूप बन्दै कोतगढी

कुरूप बन्दै कोतगढी

दैलेख : सदरमुकाम पुरानोबजारस्थित ढुंगैढुंगाको कोतगढी पूर्खाको बहादुरीले निर्माण गरिएको इतिहास वर्णन गर्छ।झन्डै दुई सय मिटरको परिधिमा निर्माण गरिएको ऐतिहासिक गढी परापूर्वकालमा पाँचभाई पाण्डवले बनाएको किंवदन्ती छ।पुतली आकारमा निर्माण गरिएको गढीको १३ वटा प्वाल र १३ वटै चुच्चाहरू छन्।

न्यूनतम एक क्विन्टलदेखि २० टनसम्मका ढुंगाको प्रयोगबाट बनेको यस आकर्षक गढीको अवलोकन गर्ने पर्यटकको संख्या पनि दैनिक बढ्दैछ।तर गढी मर्मतको नाममा ऐतिहासिक संरचना भत्काएर प्राचीन गढीको स्वरूप बिगारिँदैछ।संघ र प्रदेश सरकारको ४० लाख ९० हजार सहयोगमा गढीको मर्मत गर्न मिलाएर राखिएका ऐतिहासिक ढुंगा उत्रतत्र छरिएको छ।

विगतमा कोतगढी प्रवेशद्वारको सिँढी भत्काइएको छ।जीर्णोद्वारको काम थालिए पनि कोतगढी पुरानो स्वरूव बिगारेर पुनर्निर्माण गर्न थालिइएको छ।मर्मत उपभोक्ता समितिका अध्यक्ष ओमजंग थापाले पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताए।जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य कोतगढी परिसरनै कुरूप देखिन थालेपछि स्थानीय आक्रोशित भएका छन्।

नेपाली सेनाको स्वामित्वमा रहेको कोतगढीका संरचना र सम्पदाको सुरक्षामासमेत चुनौती थपिएको स्थानीय मनिष भण्डारीले बताए।भ्रमण वर्षलाई सफल बनाउन सरकारले सम्पदा संरक्षण र सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ।उनले भने ‘मर्मतका नाममा गढीको प्राचीन सुन्दरता बिगारीयो भने पर्यटकको आकर्षण घट्नेछ।’

तत्कालीन इन्जिनियरिङ मात्र नभइ दुरदर्शी झल्को दिने ऐतिहासिक कोतगढी जस्ताको त्यस्तै रहन दिनुपर्ने स्थानीयले जोड दिएका छन्।तर बजेट सिध्याउन स्वरूप बिग्रने गरी गढी मर्मतको काम सुरु गरिएको स्थानीय बताउँछन्।पुरातात्विक तथा कानुनी जटिलताहरू भए पनि सानो आकारमा व्यवस्थापकीय समूहसहित सेनाकै स्वामित्वमा गढीको ऐतिहासीक ‘सुन्दरी र अर्गा’ तोपलाई पुर्नस्थापना गरिनुपर्ने माग उठिरहेको छ।

गढीमा पहिलेदेखि नै ‘सुन्दरी र अर्गा’ तोप थिए।जानकारहरूका अनुसार बडादसैं लगायत महत्वपूर्ण पर्वमा तोपको बढाइपछि मात्र जिल्लामा पूजाआजा तथा टिका थाप्ने चलन थियो।तत्कालीन ज्वाला दल गण दैलेखबाट सुर्खेत सरेर जाने क्रममा तोपहरू सुर्खेत स्थान्तरण भए पनि हालसम्म फिर्ता गरिएका छैनन्।ती तोप कोतगढीमै फिर्ता गरी कोतगढीको ऐतिहासिक गरिमा कायम गर्नुपर्ने नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.