प्रदर्शनकारीसँगको सहमतिमा मूर्ति बिसर्जन, कर्फ्यू कायमै
कपिलवस्तु : स्थानीय प्रशासनले कृष्णनगर क्षेत्रमा लगाएको अनिश्चितकालीन कर्फ्यू शुक्रबार पनि जारी रहेको छ। लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा उत्पन्न विवाद बढेपछि बिहीबार बिहान ११ बजेदेखि लगाइएको थियो।
बुधबार राति प्रदर्शनकारी र स्थानीय प्रशासनबीच सहमति गरेर लक्ष्मी पूजाको मूर्तिहरु भने राति नै बिसर्जन गरिएको छ । सहमति अनुसार मृतक पाण्डेयको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित तौलिहवा अस्पतालमा लगिएको छ ।
गएराति प्रदर्शनकारी र स्थानीय प्रशासनबीचको वार्तापछि मृतक परिवारलाई राज्यबाट क्षतिपुर्तिका लागि सिफारिस गर्ने, मूर्ति बिसर्जनमा अवरोध उत्पन्न गर्ने स्थानीय जमाल खांलाई कानुनी कारवाही गर्ने, प्रहरी दमन भए नभएको छानविन गर्ने, घाइतेहरुको उपचारलगायतका १० बुँदामा सहमति गरिएको छ ।
सीमा क्षेत्रबाट हुन सक्ने घुपैठ रोक्नका लागि स्थानीय प्रशासनले कृष्णनगर भंसार नाका र वरपरको नाकासमेत बन्द गरेको छ । अहिले अवस्था सामान्य हुँदै गएकाले स्थिति हेरेर कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।