सामान्य बन्दै कृष्णनगर

सामान्य बन्दै कृष्णनगर

कपिलवस्तु : बुधबार रातिबाट तनावग्रस्त बनेको कृष्णनगर क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। 

स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट लगाइएको अनिश्चितकालीन निशेधाज्ञा शुक्रबार साँझसम्म निरन्तर रहे पनि शुक्रबार दिउँसोदेखि जनजीवन सामान्य बन्दै गएको हो। 

प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता र प्रदर्शनकारीका प्रतिनिधिसँग बिहीबार राति स्थानीय प्रशासनले १० बुँदे सहमति गरेपछि अवस्था  सामान्य बन्दै गएको हो। 

अवस्था सामान्य हुँदै गए निशेधाज्ञा हटाइने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए। बिहीबार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोलीबाट मारिएका स्थानीय २१ वर्षीय सुरज पाण्डेयका परिवारजनले पाण्डेयको शव बुझेका छन्।

लक्ष्मी पूजाको मूर्ती बिर्सजनका क्रममा बुधबार साँझ दुई समूहबीच विवादपछि झडप हुँदा युवकको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चित कालका लागि निशेधाज्ञा जारी गरेको थियो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.