छठ पूजा : घस्रिएर घाट जाँदै विराटनगरका मेयर

छठ पूजा : घस्रिएर घाट जाँदै विराटनगरका मेयर

विराटनगर : नगरवासीको सुख र शान्तिको कामना गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले साष्टांग दंडवत प्रणाम गर्दै घस्रिएर घाटसम्मको यात्रा सुरु गरेका छन्। 

ब्रत बसेर शनिबार बिहान साडे १० बजेदेखि विराटनगर ३ ठूलोमिल चोकमा रहेको शिव पञ्चायन मन्दिरबाट पराजुलीले सिंघिया घाटसम्मको साढे २ किलोमिटर घस्रिएर यात्रा गर्न लागेका हुन्।

प्रमुख पराजुलीलाई पत्नी रञ्जिता पराजुली र भतिजा प्रमेश पराजुलीले दण्डप्रणाम गर्दै घाटको यात्रामा साथ दिएका छन्। विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुपूर्व परिवारको कामना गर्दै यसरी नै घस्रिएर घाटसम्मको यात्रा गर्ने गर्थे। मेयरमा निर्वाचित भएपश्चात आफूले नगरवासीको शान्ति र समृद्धिका लागि साष्टांग दण्डप्रणाम यात्रा गर्न थालेको उपराजुलीले बताए।

यो यात्रा १६ औं पटकका रहेको पनि उनले जानकारी दिए। साढे २ किलोमिटरको दूरी तय गर्न उनलाई चार घण्टा लाग्ने लाग्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.