बाँदरलाई ताकेको बन्दुकको छर्रा लागेर युवकको मृत्यु

बाँदरलाई ताकेको बन्दुकको छर्रा लागेर युवकको मृत्यु

ओखलढुंगा : बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ। मोलुङ गाउँपालिका–३ थुम्किमा बाँदर धपाउन प्रयोग गरिएको बन्दुकको छर्राले लागेर १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो। 

छर्रा लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाडौं लैजाँदै गर्दा सिन्धुलीको खुर्कोटमा मृत्यु भएको आफन्तले बताए। एम्बुलेन्समार्फत उनलाई काठमाडौं लगिएको थियो। 

यसरी भयो घटना 

आइतबार घर नजिकैको खेतमा बाँदर धपाउन उनी लालमानसँगै एक समुह भरुवा बन्दु लिएर निस्केका थिए। बन्दुकसहित निस्किएका उनीहरु मध्ये एकले बोकेको बन्दुक अचानक पड्किएपछि तामाङको देब्रे तिघ्रमा लागेर उनी गम्भीर घाइते भए। 

घटनापछि प्रहरीलाई खबर नै नगरी मृतकको शवलाई घरतर्फ लैजाँदै गरेको सुचनाका आधारमा प्रहरीले सोमबार दिउँसो सिद्धिचरण नगरपालिका–११ का रमाइलोडाँडाबाट शवलाई नियन्त्रणमा लिई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाएको छ। 

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार बाँदर धपाउन गएका समुहमध्ये २१ वर्षीय चित्रबहादुर सुनुवारलाई प्रहरीले नियन्त्रण लिएको छ। उनीसँगै गएका २२ वर्षीय सबिन सुनुवार,  १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय रुकमान तामाङ भने फरार छन्। उनीहरूको साथबाट २ थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको श्रेष्ठले जानकारी दिए। थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.