दिल्ली प्रदूषणको असर तराईका जिल्लामा
कपिलवस्तु : भारतको नयाँदिल्लीमा देखिएको वायु प्रदूषणको असर नेपालका तराईका जिल्लामा पनि देखिएको छ । सीमावर्ती कपिलवस्तु, रुपन्देही, नवलपरासी, नेपालगंजलगायतका जिल्लामा बिहानैबाट तुवालो लागेको छ ।
यसरी वायु प्रदूषणका कारण सीमा क्षेत्रका सर्वसाधारण चिन्तित बनेका छन्।वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या भएका विरामी बढी प्रभावित हुने गर्छन्।
बुढाबूढी, बालबालिका र गर्भवती महिला बढी प्रभावित हुनेगर्छन्।प्रदूषणका कारण मानिसमा ब्लड प्रेसर, तनाव, मानसिक रोगी बढ्ने जस्ता समस्या हुने तौलिहवा अस्पतालका मेसु डा. किशोर वन्जाडेले बताए।