सिरहामा श्रीमानले गरे श्रीमतीको हत्या
सिरहा : कर्जन्हा नगरपालिका-२ बन्दीपुरकी कविता पासवानलाई श्रीमान रामबाबु पासवानले बन्चरो प्रहार गरेर हत्या गरेका छन्। घरायसी विवादका कारण बुधबार रामबाबुले कवितालाई बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कविताको टाउकोमा बन्चरो प्रहार भएको छ। मासु ल्याउन रामबाबुसँग कविताले पैसा मागेपछि विवाद सुरु भएको थियो।
हत्यापछि रामबाबु फरार छन्। उनको खोजीकार्य भइरहेको सिरहा प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराले जानकारी दिए।