प्रदेश १ प्रमुख अधिकारीले गरे पदभार ग्रहण

प्रदेश १ प्रमुख अधिकारीले गरे पदभार ग्रहण

विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले बुधबार साँझ पदभार ग्रहण गरेका छन् । काठमाडौंबाट बुधबार साँझ विराटनगर विमानस्थल ओर्लिएलगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले स्वस्ती वाचन र सेनाको सलामीपछि पदभार ग्रहण गरेका हुन् ।

बुधबार दिउँसो पदभार ग्रहण गर्ने तयारी भएपनि विमान डिलेका कारण साँझमा मात्रै अधिकारी विराटनगर आइपुगेका थिए । प्रदेश प्रमुख अधिकारी मंगलबार काठमाडौंमा शपथग्रहण गरी बुधबार विराटनगर आएका हुन् । उनलाई विराटनगर विमानस्थलमा साँझ प्रदेश सरकारका मन्त्रीहरूले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख अधिकारीले आफ्नो पदलाई तडकभडक रहित बनाउने बताएका छन् । 'प्रदेशका राजनीतिक दल, सामाजिक सांस्कृतिक आयाम, यहाँका आर्थिक र शैक्षिक क्षेत्रको अवस्था आदिको बारेमा जानकारी लिएर व्यवस्थितरूपमा आफ्नो कामलाई अघि बढाउनेछु, तडकभडक काम छैन,' उनले भने ।

आफ्नो कार्यकालमा संविधान र कानुनअनुसार भएका निर्णयहरु कार्यान्वयन गर्ने र सोही अनुसार निर्देशनको भूमिका निर्वाह गर्ने उनले बताए । प्रदेश १ का प्रमुखमा नियुक्त अधिकारी कास्की पोखराका पुराना कम्युनिस्ट नेता हुन् । २०४८ सालको आम निर्वाचनमा कास्की ३ सांसद रहेका अधिकारी २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा उम्मेदवार भएपनि पराजित भएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.