ट्वीटर कर्मचारीमाथि साउदी राजपरिवारलाई जासुसी गरेको आरोप
![ट्वीटर कर्मचारीमाथि साउदी राजपरिवारलाई जासुसी गरेको आरोप](https://annapurnapost.prixacdn.net/media/albums/twitter-staffs_20191107103547_5bAcpwRpFy.jpg)
वासिङ्टन : सामाजिक सञ्जाल ट्वीटरले साउदी अरेबियाका लागि त्यहीँका एक नागरिकसँग मिलेर जासुसी गरेको भन्दै आफ्ना दुई पूर्व कर्मचारीलाई कारवाही गर्ने जनाएको छ ।
उनीहरुले कम्पनीको प्राइभेट युजर डाटा साउदी अधिकारीलाई अनधिकृत रुपमा बिक्री गरेको ट्वीटरको आरोप छ । ट्वीटरका पूर्व कर्मचारी अली अल्जाबाराह र अहमद अबोउम्मोमाथि यस्तो आरोप लागेको छ ।
ट्वीटरका अनुसार उनीहरु साउदी राजपरिवारका लागि अनधिकृत रुपमा काम गर्थे । विदेशी एजेन्टको दर्ता विना नै उनीहरुले साउदीको राजपरिवारका लागि काम गरेको ट्वीटरको आरोप छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)