१२ वर्षमा आमा बन्दै कमला

१२ वर्षमा आमा बन्दै कमला

काठमाडौं : ११, १२ वर्षे उमेर यता दौड्यौ, उता कुद्यो । घरी झुम्राको पुतली बनाएर खेल्थिन् त घरी आमासँग खेतबारीमा काम गर्न पुग्थिन् कमला बोहोरा । जिन्दगी ठिकठाक नै थियो । उनका बाबा-आमा दुवै बौद्धिक अपाङ्ग छन् । कतिबेला के गर्ने मेसो पाउँदैनन् । आमाबुवा जस्तै बौद्धिक अपाङ्ग छिन् उनी पनि । 

अछामकी १२ वर्षीया कमला विगत ४ दिनदेखि प्रसूतीगृह थापाथलीमा भर्ना भएकी छन् । उनको पेटमा ५ महिनाको बच्चा हुर्किरहेको छ । कसले बलात्कार गर्‍यो ? कसले यातना दियो ? बच्चाको बाबु को हो ? आफ्नो शरीरमा भएको परिवर्तनबारे पुरै बेखवर छिन् । अछामी भाषामा कुरा गर्छिन् । आगन्तुक आउँदा खुसी हुन्छिन् र रमाउँछिन् । 

कमलाको छेवैमा बसेका छन् उनका ठूलोबा । कमलालाई उनैले हेरचाह गर्छन् । सामान्य खेतीपाती गर्ने ठूलोबा कृष्णबहादुर छोरीको स्वास्थ्य अवस्था, मुद्दामामला र काठमाडौंको बसाइले अत्तालिसकेको बताउँछन् । 'म त गाउँमा काम गरिखाने सोझो मान्छे । घरमा खेतीपाती के भयो होला ? आफ्नै स्याहार गर्न नसक्ने भाइ-बुहारीका भरमा घर छाडेर आएको छु’, उनले अत्तालिँदै गुनासो पोखे । 

उनका अनुसार गाउँको वडाकार्यालयले कमलाको उपचारको लागि २० हजार उपलब्ध गराएको थियो । 'काठमाडौं आउँदा एम्बुलेन्सलाई मात्रै १० हजार बुझाएँ । गोजीको पैसा सकिन लाग्यो । चिनेजानेको कोही छैनन् ।  न माग्ने ठाउँ नै छ', उनले भने। 

छोरीले न्याय पाउनुपर्ने बताउँदै उनले भने, 'छोरीको स्वास्थ्य के-कसो हुने हो ? सुस्तमनस्थितिकी बालिकालाई यो अवस्थामा पुर्‍याउने जो भए पनि सजाय मिलोस्।' 
बालिकाको बयानका आधारमा दुई जनालाई प्रहरीले समाएर अनुसन्धान गर्दै छ। बयानकै आधारमा प्रक्राउ परेका पनि १५ वर्षीय बालक हुन् ।  अहिलेसम्म दोषी पत्ता लागेको छैन ।  मुद्धा मामला लड्ने मान्छे पनि छैनन् ।

कमलाको स्वास्थ्य अवस्था सामान्य छ । उनलाई जनरल वार्डमा राखिएको छ । 

बालिकाले बच्चा जन्माउने या गर्भपतन गर्ने डाक्टरहरुले निर्णय गरिसकेका छैनन् । पाँच महिना पुगिसकेको बच्चा गर्भपतन गर्न पनि उत्तिकै जोखिम छ । ठुलोबुवा कृष्णबहादुरलाई गर्भपतन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । उनी भन्छन्, ‘बच्चा जन्माएर हुर्काउन सक्ने अवस्थामै छैन कमला । घरमा पनि बच्चाको स्याहार गर्न सक्ने वातावरण छैन । नसोचेको घटना आइपर्‍यो । ’

गत महिना कमलालाई कुकुरले टोक्यो । आफन्तले गाउँकै बयलगाडा अस्पतालमा पुर्‍याए । अस्पतालमा रेविजको सुई लगाइयो । तीनदिन सुई लगाएपछि उनको पेट अस्वाभाविक रुपमा सुन्नियो । स्वास्थ्यकर्मीले किन पेट सुन्नियो भनेर जाँच्दा गर्भवती भएको पत्ता लगाए । उनको पेटमा २१ हप्ताको बच्चा हुर्किरहेको थियो । त्योभन्दा अघि बालिकाले घरमा केही बताएकी थिइनन् । सानो बच्चा भएकाले कसैले यस्तो घटना घटेको होला भनेर शंका गर्ने ठाउँ पनि थिएन। 

अस्पतालका अनुसार उनको शरीरको सबै चेक जाँचको रिपोर्ट आइसकेको छैन । लैङिक हिंसा सम्बन्धी घटना भएकाले अस्पतालले बालिकाका सम्पूर्ण उपचार निशुल्क गर्ने जानकारी दिएको छ ।  (परिवर्तित नाम)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.