जसले दाइसँग फुटबल सिके

जसले दाइसँग फुटबल सिके

रोनाल्डिनोको वास्तविक नाम रोनाल्डो द एसिस मोरिइरा हो। उनको जन्म सन् १९८० मा ब्राजिलमा भएको थियो। उनी व्यावसायिक फुटबल खेलाडी हुन्। उनी बार्सिलोना फुटबल क्लबका दूत पनि हुन्।

उनी विश्वभर आक्रामक मिडफिल्डरका रूपमा चिनिन्छन्। उनले युरोपियन क्लबहरू पेरिस सेन्ट जर्मन, बार्सिलोना र एसी मिलानका साथै ब्राजिलियन राष्ट्रिय टोलीका लागि खेलेका छन्। उनी आफ्नो पुस्ताका सर्व श्रेष्ठ खेलाडीमध्येमा गनिन्छन्। उनले दुई फिफा वल्र्ड प्लेयर अफ दी इयर अवार्ड र फ्रान्स फुटबलले दिएको ब्यालन डी ओआर अवार्ड पनि जितेका छन्।

रोनाल्डिनो ब्राजिलको पोर्टाे एलिग्रो सहरमा जन्मेका थिए। उनका बाबुको नाम जोआओ द एसिस मोरेइरा होे। उनी पूर्वफुटबल खेलाडी पनि थिए। उनकी आमाको नाम डोना मिगुइलिना एसिस हो। उनी नर्स थिइन्। उनको दाइको नाम रोबर्टाे हो। उनी पनि व्यावसायिक फुटबल खेलाडी थिए। उनकी एक बहिनी पनि छन्।

रोनाल्डोले सानैबाट आफ्नो दाइ र बुवाले फुटबल खेलेको देखेका थिए। त्यसैले उनको रुचि पनि फुटबलमा बस्दै गयो। उनी जन्मेको एलिग्रो सहर त्यो समयमा ब्राजिलको गरिब र गुण्डागर्दी गर्ने सहरका रूपमा चिनिन्थ्यो। त्यही कारण उनको परिवारलाई पैसा कमाउन धेरै दुःख गर्नु प¥यो। फुटबलबाट रिटायर भएपछि उनका बुवाले वेल्डिङको काम सुरु गरे। वेल्डिङका साथसाथै उनी सेक्युरिटीको काम पनि गर्थे।

गरिबीका कारण उनको परिवार एक झुपडीमा बस्थ्यो। रोनाल्डिनो आफ्ना दाइबाट धेरै प्रभावित थिए। उनले फुटबल पनि आफ्नो दाइसँगै सिके। उनले सात वर्षको उमेरबाट फुटबल खेल्न सुरु गरेका हुन्। उनी सुरुआतको दिनमा आफ्नो दाइ र आसपासका आफ्ना साथीसँग तालिम लिने गर्थे।

आफ्नो दाइका बारेमा कुरा गर्दा उनी रोबर्टाे मेरो हिरो हुन् भन्ने गर्छन्। रोनाल्डिनोलाई फुटबल सिकाउन रोबर्टाेले हरेक दिन फुटबलसम्बन्धि एउटा काम दिने गर्थे। काम नसक्दासम्म रोबर्टाे उनीसँगै फुटबल मैदानमा बस्थे। त्यति बेला रोनाल्डिनोलाई उक्त काम पूरा गर्न धेरै गाह्रो पथ्र्याे। उनलाई त्यो काममा रमाइलो लाग्दैनथ्यो। त्यसैकारण उनलाई आफ्नो दाइसँग धेरै रिस उठ्थ्यो।

उनी सधैं आफ्ना बाबुलाई आदर्श मान्छन्। सुरुमा उनका फ्यान उनलाई सानो बच्चा नै मान्थे। रोनाल्डिनो नाम पनि उनलाई फ्यानले नै राखिदिएका थिए। उनको नाम रोनाल्डो थियो। रोनाल्डोको पछाडि ‘इनो’ जोडिदिएका थिए। ब्राजिलियन भाषामा इनोको अर्थ सानो भन्ने हुन्छ। अर्थात् सानो रोनाल्डो।

उनले १३ वर्षको उमेरमा ब्राजिलको एक स्थानीय टिमको एउटा म्याचमा एक्लै २३ गोल गरेका थिए। त्यसपछि ब्राजिलको सबैभन्दा सानो र प्रतिभाशाली खेलाडीका रूपमा उनले अवार्ड जिते। उनको प्रदर्शन देखेर सन् १९९७ मा ब्राजिलको राष्ट्रिय टिमबाट अन्डर १८ खेल्न बोलाइयो।

सन् २००२ मा उनले विश्वकप खेले। त्यो समय उनलाई रोनाल्डोसँग खेल्ने मौका मिल्यो। रोनाल्डिनोले इङ्ल्यान्डविरुद्ध क्वार्टरफाइनल खेलमा २६ मिटरको दूरीबाट गोल हानेका थिए। आज पनि त्यो गोललाई उनका फ्यानले याद गर्छन्। उनी सानो हुँदा फुर्सदको समयमा पेले र फुटबलका अन्य महान् खेलाडीका बारेमा पढ्ने गर्थे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.