फेसबुक र ट्विटर चलाउन तालिम लिँदै प्रदेशसभा सदस्य

फेसबुक र ट्विटर चलाउन तालिम लिँदै प्रदेशसभा सदस्य

विराटनगर : प्रदेशसभा सदस्यलाई एक संस्थाले विराटनगरमा फेसबुक र ट्विटर चलाउन तालिम दिन थालेको छ। प्रदेश-१का १८ प्रदेशसभा सदस्यलाई संसद् सहयोग परियोजनाको सहकार्यमा इनोभेटिभ भिजनले आइतबारबाट दुई दिने तालिम सुरु गरेको हो। 

तालिममा संचारको प्रयोग र संचारसँग जोडिएको सामाजिक संजाल प्रयोग गर्दा अपनाउनु पर्ने सजगताबारे सिकाइएको इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देलले बताए। प्रदेश-१का सभामुख प्रदीपकुमार भण्डारीले तालिमको उद्घाटन गर्दै संचार र सामाजिक संजाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने समय आएकाले यो तालिम प्रभावकारी हुने बताए। 

सामाजिक संजालमा गरिने लाइक, कम्मेन्ट र पास्टले महत्वपुर्ण अर्थ राख्ने भएकाले यसको सही प्रयोगका लागि सबै सचेत रहनुपर्ने भनाई उनको  छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.