हात्तीले धान नस्ट गर्न थालेपछि नियन्त्रणका लागि प्रशासन गुहार्दै स्थानीय

हात्तीले धान नस्ट गर्न थालेपछि नियन्त्रणका लागि प्रशासन गुहार्दै स्थानीय

उदयपुर : धान थन्काउने बेलामा हात्तीले नष्ट गरेपछि उदयपुरको पूर्वी क्षेत्रका स्थानीयले हात्ती नियन्त्रणका लागि प्रशासनको मद्धत मागेका छन्। निकै मेहनत र दुःख गरेर लगाएको धान थन्काउनै लाग्दा हात्तीले खाइदिए पछि किसान चिन्तित हुँदै प्रशासन पुगेका हुन् । कोसी टप्पु वन्य जन्तु आरक्षबाट निस्किएका पाँचवटा हात्तीको समूहले एक महिना यता बेलका नगरपालिका १ र २ को तपेश्वरी, आम्बासी, टप्पु, वानडाँडा क्षेत्रमा किसानले लगाएको धानवालीमा क्षति पुर्‍याएको स्थानीयबासी तथा नगरपालिकाका कार्यपालिका सदस्य विचारी सार्कीले बताए।

हात्तीले पाक्न लागेको धान, घर भत्काएर भित्र राखेको अन्नपात खाइदिने र नष्ट गरिदिने गरेको उनले बताए । उनले भने, ,'दिनभर हात्ती आउँदैनन् जब राती हुन्छ, हुल बाँधेर धानवालीमा प्रवेश गर्छन्, 'राती हात्ती आउने भएपछि मानवीय, भौतिक र अन्नवालीमा क्षती हुन नदिन स्थानीय रातभर जाग्राम बस्दै आएका छन्,' उनले भने, 'घरबाट त जसोतसो लखेटछौ, धानवालीमा सकिन्न ।'

तर्साउनका लागि आगोको राको, घण्टीको प्रयोग गरेपनि अटेर गर्ने गरेको उनको भनाई छ ।     हात्तीले एक महिना यता किसानले १५=२० बिघा क्षेत्रफलमा लगाएको धान खेती नष्ट गरेको स्थानीय तथा पूर्व तपेश्वरी गाविसका अध्यक्ष डिल्ली विमलीले जानकारी दिए । 

उनले आधा दर्जन घर र तीनजनालाई घाइते बनाएको बताए । हात्ती आतंक नियन्त्रण गर्न स्थानीयले नगरपालिका, स्थानीय प्रशासन, डिभिजन वन कार्यालय कोषिटप्पु वन्यजन्तु आरक्षण क्षेत्र र सुरक्षार्थ खटिएका नेपाली सेनासँग आग्रह गरेका छन् । 

स्थानीयले जिल्ला प्रशासन कार्यालय र कोषि टप्पु क्षेत्रको सुरक्षार्थ खटिएको सेनालाई नियन्त्रणका लागि आग्रह गरेका हुन् । नगरपालिकाले भने वन्यजन्तु प्रवेश गर्ने मार्गमा विद्युतीय घेराबारा गरेपनि फरक बाटो प्रयोग गरेका कारण नियन्त्रणमा कठिनाई भएको मेयर दुर्गाकुमार थापाले बताए ।

उनले भने, 'वन्यजन्तु बस्तीमा पसेर क्षति नहोस भनेर तर्साउने गरी विद्युतीय घेराबेरा गरियो तर घेराबेरा छ भनेर जानकारी पाए जस्तै गरी फरक बाटोबाट आउन थाले ।' मेयर थापाले नगरपालिकाको एक्लो प्रयासबाट मात्र सम्भव नभएकाले माथिल्लो निकायलाई अनुरोध गर्ने गरी नगर कार्यपालिकाको बैठकले निर्णय गरिसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.