अलिबाबाको कारोबार : ६८ सेकेन्डमै १ अर्ब डलर

अलिबाबाको कारोबार : ६८ सेकेन्डमै १ अर्ब डलर

एएफपी/शाङहाई : चिनियाँ उपभोक्ताले सोमबार ६८ सेकेन्डमै १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४ घण्टे सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेकी थिइन्।

चीनमा पछिल्ला वर्षहरूमा ‘वर्षमा एक दिन’ नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ र यो दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन्।

ई–कमर्श कम्पनी अलिबाबाका अनुसार ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ। अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायसी सामान बिक्री भएका थिए।

अलिबाबाले गत वर्षको तुलनामा यो वर्ष ४३ मिनेटअघि नै अलि–पेमार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुंग्याएको जनाएको छ। अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड बनेको छ।

अलिबाबाले चीनमा यस किसिमको ‘खरिद दिन’ आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यो कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ।

चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार युद्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ। एकदिने खरिद अर्थात् ‘नोभेम्बर ११’ भनिने यस दिनलाई चिनियाँ ‘अविवाहित’को दिन पनि भनिन्छ।

यस कार्यक्रमका अवसरमा व्यापारिक शहर शाङहाईमा विशेष समारोह आयोजना गरिएको थियो। मध्यरातबाट शुरु हुने यो खरिदको शुभारम्भ अमेरिकी ग्रामी अवार्ड विजेता कलाकार टेलर स्वीफ्टले विशेष समारोहबीच गरेकी थिइन्।

गत वर्ष २४ घण्टे यस कार्यक्रममा अलिबाबा प्लेटफर्मबाट मात्र ३० अर्ब ७० करोड बराबरको सामान बिक्री भएको थियो। यो वर्ष अघिल्लो वर्षको तुलनामा व्यापारमा सामान्य मन्दी आएको छ।

अमेरिकामा सूचीकृत अलिबाबाले यसै महिनाको शुरुमा कम्पनीको बिक्री निकै बलियो देखिएको छ तर कम्पनीको समग्र वृद्धि भने झण्डै ४० प्रतिशतले घटेको छ।

यो कार्यक्रम पहिलोपटक अलिबाबाका सहसंस्थापक च्याक माको अनुपस्थितिमा सम्पन्न भएको थियो। च्याक माले गत सेप्टेम्बरमा अलिबाबा समूहको नेतृत्वबाट राजीनामा दिएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.