विप्लवका सुनसरी सेक्रेटरीसहित तीन पक्राउ
धरान : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका सुनसरी सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले सुनसरीका जिल्ला सेक्रेटरी दुहबी नगरपालिका–८ का मोहन बस्नेत, युवा संगठन सुनसरी अध्यक्ष भोजपुरका सागर राई र सुनसरी जिल्ला सदस्य धरान–११ का सुरेशकुमार राई पक्राउ परेको डीएसपी ढुडिराज न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रवक्ता अर्जुन पोखरेलका अनुसार तीनैजनाविरुद्ध बम विष्फोट गराएको अभियोगमा जिल्ला अदालतबाट बुधबार नै म्याद थप भएको छ । बस्नेतको नेतृत्वमा भदौ २० गते धरानको दिल्ली पब्लिक स्कुलमा बम विष्फोट भएको प्रहरीको दाबी छ । बम विष्फोटको तयारी गरिरहेका बेला उनीहरुलाई बन्दोबस्तीका सामानसहित पक्राउ परेका हुन् ।