भोजपुरमा वडाअध्यक्षका लागि ३ जनाको उम्मेदवारी
भोजपुर : भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नं १ श्यामशिलामा वडाध्यक्षका लागि ३ राजनीतिक दलबाट उम्मेदवारी परेको छ। उपनिर्वाचनका लागि बुधबार पौवादुङ्मा गाउँपालिका च्यांग्रेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।
उपनिर्वाचनमा नेकपाबाट जीतेन राई, नेपाली काङ्ग्रेसबाट समरबहादुर कार्की र मंगोल नेशनल अर्गनाइजेसनबाट कला राईले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निवार्चित रुद्रबहादुर पाण्डेको ७२ वर्षको उमेरमा गत श्रावण १९ गते निमोनियाका कारण निधन भएपछि उक्त वडा प्रमुखविहीन बनेको थियो।