तीन भालुको माया

तीन भालुको माया

वी बेर बियर एक अमेरिकी कार्टुन हो।  यो कार्टुन डेनियल चोङले कार्टुन नेटवर्क च्यानलका लागि तयार गरेका हुन्।  कार्टुन तीन भालु दाजुभाइ ग्रिज्ली, पान्डा र आइस बियरको बारेमा छ।  यी तीन भालु मिलेर मानिस बस्ने समाजलाई एकीकृत गर्ने प्रयास गर्छन्।  खानेकुरा किन्नु, मानिसलाई साथी बनाउनु र इन्टरनेट प्रयोग गरेर विश्वप्रसिद्ध हुनु यी भालुको दिनचर्या हो। 

मानिसका विभिन्न प्रवृत्तिका कारण उनीहरू मानिससँग नजिक हुन चाहन्छन्।  भालु प्रायः सहरको चारैतिर जाने प्रयास गर्छन्।  भालुहरूले आफ्नै प्रयासमा यात्रा गर्छन्।  भालुले आफ्ना रमाइला कुराहरू आफ्ना साथीलाई पनि सुनाउँछन्।  यो कार्टुनको ‘पाइलट’ एपिसोडको वल्र्ड प्रिमियरसमेत भएको थियो।  कार्टुन सन् २०१५ मा प्रदर्शन भएको हो। 

कार्टुनका मुख्य पात्रहरूका बारेमा पनि जानौं न !

ग्रिज्ली बियर

 उसको निक नेम ग्रिज हो।  ऊ आफ्नो समूहको सबैभन्दा बूढो र वास्तविक नेता हो।  ऊ एक रमाइलो र माया गर्ने भालु हो।  ऊ धेरै नै सामाजिक हुँदाहँुदै पनि सामजिक रूपले अयोग्य मानिन्छ।  यति हुँदाहुँदै पनि ऊ नयाँ मानिससँग भेट्न र साथी बनाउन रुचाउँछ।  सानो हुँदा उसलाई एक फायरम्यानको समूहले बचाएको थियो।  एउटा ठूलो आँधी आएर रूख ढल्न लाग्दा त्यसबाट उनलाई त्यो समूहले बचाएको थियो।  उसले अंग्रजीमा कविता पनि लेख्छ।  उसले सबैलाई माया गर्छ।  तर, सबैभन्दा बढी आफ्नै भाइलाई माया गर्छ।  त्यसैले ऊ कहिल्यै पनि उनीहरूसँग छुट्टिएर बस्न सक्दैन। 

पान्डा

ऊ एक पान्डा भालु हो।  उसको निक नेम पान–पान हो।  ऊ नरम स्वभावको छ।  सजिलै चिन्तित हुने र लजाउने गर्छ।  ऊ आफ्ना भाइहरूको तुलनामा कम आत्मविश्वासी छ।  उसले मानिसलाई छिट्टै विश्वास गर्छ र मायामा फस्छ।  ऊ अरू भाइभन्दा रचनात्मक पनि छ।  उसलाई बिरालो र बदामसँग एलर्जी छ।  ऊ भेजिटेरियन हो। 

आइस बियर

ऊ पोलार बियर हो।  भालुहरूमा ऊ सबैभन्दा कान्छो भाइ हो।  आइस बियर प्रायः रूखो स्वभावका हुन्छन् र कसैसँग बोल्दैनन्।  तर, ऊ मानिससँग बोल्छ र उनीहरूलाई पहिले नै आफ्नो नाम सुनाउँछ।  उसको पूरा नाम एक रुसी व्यक्तिले राखेका थिए।  उसलाई धेरै भाषा बोल्न आउँछ।  रुसी, कोरियाली, फ्रान्सेली, जापानी आदि भाषा ऊ धाराप्रवाह रूपमा बोल्न सक्छ।  कुनै कुनै एपिसोडमा उसलाई फर्सीसँग कुरा गरेको पनि देख्न सकिन्छ। 

क्लो पार्क

ऊसँग भालुबाहेक कुनै साथीहरू छैनन्।  पछि उसले आफ्नो कलेजमा केही साथीहरू बनाउँछ।  उसले अधिकांश समय आफ्नो सुरक्षित भविष्यका लागि अध्ययन गरेर बिताउँछ। 

नोम नोम

ऊ गलत कार्य गर्ने एक सिकारी कोयला हो।  ऊ एक प्रसिद्ध इन्टरनेट स्टार हो।  ऊ धेरै स्वार्थी पनि छ।  उसले कसैलाई पनि धोका दिन सक्छ र रिस उठाउन सक्छ। 

यीबाहेक यो कार्टुनमा चार्ली, रेन्जर ट्याब्स, लक्की, पिगन कार्टल, क्लोका परिवार, मिसेस पार्क, किस्टर पार्क र जोन पार्क, किसान, क्लिफोर्ड, याना, बेरी, मेरीलगायत थुप्रै पात्र छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.