सुमन कुलुङले जिते एभरेष्ट ट्रेल रेस

सुमन कुलुङले जिते एभरेष्ट ट्रेल रेस

ओखलढुंगा : एभरेष्ट ट्रेल रेसको नवौँ संस्करणका ४३ प्रतिस्पर्धी उछिन्दै नेपाली धावक सुमन कुलुङ बिजेता बनेका छन् । उनले १ सय ७० किलोमिटर दुरी  २० घण्टा ५१ मिनेट ३६ सेकेण्डमा पार गरे । 

त्यस्तै स्पेनका गेरार मोरलेसले २३ घण्टा २८ मिनेट २९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै द्वितीय स्थान हाँसिल गरे । नर्वेका प्रतिस्पर्धी हार्ट सेट्सरोर्डले २३ घण्टा ५४ मिनेट १३ सेकेण्डमा पार गर्दा तृतीय भए । 

बिजेता बनेसँगै सुमनले २ लाख पुरस्कार जितेका छन् । द्वितीय र तृतीयले क्रमशः १ लाख ५० हजार र १ लाख पुरस्कार पाउने भएका छन्। रेस समापन भएपनि पुरस्कार वितरण भने सोमबार मात्रै हुने बताइएको छ । धावकमध्ये सबैभन्दा कम समयमा दुरी पार गरेका कुलुङले दोस्रो पटक एभरेष्ट ट्रेल रेस जितेका हुन् । 

उनी दुई वर्ष पहिलेको रेसमा पनि प्रथम भएको रेसका फिल्ड अर्गनाइजर पासाङनिमा शेर्पाले जानकारी दिए । उनका अनुसार गत सोमाबार सोलुदुधकुण्ड नगरपालिका १०, पत्तालेबाट शुरु भएको रेशमा १३ देशका ४३ धावक सहभागी थिए । 

यो रेश संसारकै १० साहसिक ट्रेल रेस मध्येको एक मानिन्छ । कुलुङसहित नेपालका तीनजना मात्र धावक पासाङ शेर्पा र कृष्णकुमारी भुजेल सहभागी थिए । यसअघि दोलखाको जिरिदेखि रेस आयोजना गरिँदै आएको थियो । जिरिको रुटमा जथाभावी सडक खनिएपछि बाध्य भएर पत्तालेबाट रेस सुरु गरिएको आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपीडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले बताए । 

अघिल्लो संस्करणमा सहभागी भइसकेका नेपाली धावक सुमन कुलुङले समेत पत्तालेदेखिको रुट थप सहज हुनसक्ने बताए । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना भएको यस प्रतियोगिताले नेपाली पर्वतीय पर्यटनलाई विश्वामा चिनाउने आयोजकको  विश्वास छ ।

रेसमा नेपाल, स्पेन, अर्जेन्टिना, फ्रान्स, दक्षिण अफ्रिका, मेक्सिको, बेल्जियम, इंल्याण्ड, ब्राजिल, अल्जेरिया, नर्वे, भियतनामलगायत मुलुकका धावक सहभागी छन् । विगतमा यो दौड दोलखा जिल्लाको जिरीबाट सुरु भई रामेछापको बाम्ती भण्डार, सोलुखुम्बु जिल्लाको गोली, पिके, जुनबेसी, टाक्सीन्दु, खरीखोला, लुक्ला, नाम्चे, त्याङबोचे हुँदै पासाङल्हामु गाउँपालिकाको लुक्लामा समापन हुने गरेको थियो । 

के हो ट्रेल रेस ?

यस वर्ष भने नयाँ रुटमा यो रेश सुरु गरियो । ओखलढुंगा जिल्लाको जन्तरधाप, सोलुखुम्बुको पत्ताले हुँदै च्याङ्स्यार, खोर्या, दिम्स्यास, पिके डाँडाको (च्यावीपिके र गोले पिके), लाम्जुरा, जुनबेसी, फुङ्मोचे, तोङ्गीनाशा, टाक्सीन्दु, यावागोन्पा, जुबिङ फेदी, खरीखोला, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै कूल १ सय ७० किलोमिटर पार गरेर लुक्लामा पुग्दा यसको दुरी पुरा हुन्छ । यसमा  समुन्द्री सतहदेखि ४ हजार मिटरसम्म धावकहरु दौडिनेछन् । 

ट्रेल रेस एक प्रकारको जोखिमयुक्त दौड हो । जुन हाइ अल्टिच्यूडमा गरिन्छ । यो रेशमा निश्चित दुरीमा क्याम्प तोकिएको हुन्छ र सहभागी एक दिन एक क्याम्प पार गरेपछि तोकिएको ठाउँमा बास बस्नु पर्छ । बास बसेपछि क्यम्पमा रहेका सबै धावक भोलिपल्ट एकै समयमा दौड शुरु गर्छन् । यसरी तोकिएका सबै क्याम्पहरु पार गर्दै अन्तिम बिन्दुमा पुग्दा जुन धावक कम समयमा पुग्छन्, उनी नै बिजेता बन्छन् । 

पछिल्लो समय अल्ट्रा रेसहरु तल्लो सोलु क्षेत्रदेखि सुरु हुँदा यस क्षेत्रको पर्यटन प्रर्वधनमा समेत टेवा पुग्ने स्थानीयको विश्वास छ । सोलुखुम्बुमा मात्रै दुई सातामा तीनवटा ट्रेल रेस आयोजना भइसकेको छन् । यो तेस्रो रेस हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.