प्रविधिले किसान खुसी : खेतमै धान काट्ने र झार्ने मेसिन (फोटो र भिडियो)

प्रविधिले किसान खुसी : खेतमै धान काट्ने र झार्ने मेसिन (फोटो र भिडियो)

सिरहा : खेतमा धान बाली पाकिसकेको थियो । किसानलाई बाली भित्र्याउन चटारो छ । लहान नगरपालिका १४ वस्तीपुर गाउँका किसान रामदयाल साह धान काट्न गाउँमा मजदुर खोजे । उनले मजदुर पाएनन् । पाउँदा पनि महँगो ज्याला माग्यो । अन्ततः उनीप्रति घण्टा ६ हजार रुपैयाँमा खेतमै धान काट्ने र पेल्ने मेसिन बोलाए । आफ्नो ७ कठ्ठा खेतको धान ३० मिनेटमै भित्रिआए ।

उनी जस्तै गाउँका वस्तीपुर गाउँका दर्जनौँ किसानले मेसिन लगाएर धान बाली घर भित्रिआएका छन् । किसान धान बाली लगाउने बेला जति मेहनत गर्छ । त्यति मेहनत भित्र्याउन पनि लाग्छ । काट्न, पेलाउन सबै काममा मजदुर लाग्छ । उब्जनी भएको आधी बाली मजदुरकै मजदुरी तिर्नमा सकिन्छ । तर, प्रविधि आएपछि किसानलाई सहज भएको छ ।

‘मजदुरले तीन दिनसम्म लगाएर गर्ने काम मेसिनले एकछिनमै सकायो,’ किसान साहले भने,‘धान भित्र्याउन यसवर्ष खर्च कमै लाग्यो ।’ गाउँमा आजभोलि मजदुर खोज्नपनि झन्झटिलो हुँदै गएको उनले सुनाए । काम गर्न आउँदा ज्याला बढी लाग्छ । खाना, खाजा त्यसमा रक्सी पनि खुवाउनु पर्ने बाध्यता रहेको उनले बताए । प्रविधिले किसानलाई खेती गर्न सहज बनाएको उनले सुनाए । 

‘धानको खेत तयार गर्न ट्याक्टर लगाउनुपर्छ । रोप्न मजदुर लाग्छ । त्यसपछि पानी र मल खाद्य हाल्नुपर्छ,’ सोही खुसीयाली यादवले भने,‘काट्ने बेला फेरि मजदुर । पेल्ने बेला मेसिन । सबैठाउँमा खर्च तिर्दै जाँदा हिसाब बराबर भइहाल्छ ।’ पछिल्लो पटक खेतमै पुगेर मेसिनले काट्ने र पेल्ने काम एकै पटक गर्दा सहज भएको उनले बताए । 

‘गाउँ–गाउँमा मजदुर भेट्दैन् । सबै काम गर्ने बैदेशिक रोजगारमा गएका छन्,’ रामप्रसाद यादवले भने, ‘खेती गर्न अप्ठ्यारो लागिरहेको बेला प्रविधिले साहस थपेको छ ।’ सरकारले किसानलाई मल र विउविजनमा सहुलियत गरिदिए खेती गर्न आकर्षित हुने उनको भनाइ छ । खेतबाट धान भकारी राख्दा सम्म हप्तौँ लाग्थ्यो अब प्रविधि आएपछि एकैदिनमै त्यति काम भइरहेको उनले सुनाए।  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.