दिवा खाजाले विद्यार्थी नियमित

दिवा खाजाले विद्यार्थी नियमित

तेह्रथुम : आठराई गाउँपालिका–७ थोक्लुङका कृष्ण बराइँली दुई महिना अघिदेखि नियमित विद्यालय जान थालेका छन्। महेन्द्रद्वय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बराइँलीले विद्यालयमै दिवा खाजा पाएपछि पढाइमा नियमित हुन थालेका हुन्।

दिवा खाजाकै कारण कृष्ण जस्ता दर्जनौं विपन्न बालबालिकाहरू निमयित विद्यालय आउन थालेको प्रधानाध्यापक नन्द तामाङले बताए। उनले भने ‘कतिले त भोक लाग्यो भन्दै छुट्टि माग्ने गरेका थिए। तर खाजा दिन थालेपछि बिदा माग्न छाडे।’ विद्यार्थीलाई नियमित विद्यालय उपस्थित गराउनका गाउँपालिकाले सञ्चालन गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ।

आर्थिक वर्ष २०७५/०७६ बाट सुरु गरिएको गाउँपालिकाभित्रका ५६ वटा सामुदायिक विद्यालयका ५ कक्षा सम्मका विद्यार्थीलाई दिइएको दिवा खाजाले बालबालिकाको उपस्थिति बढाएको छ। दिवा खाजा कार्यक्रमका लागि गाउँपालिकाले यसवर्ष एक करोड रुपैयाँ विनियोजन गरेको अध्यक्ष मानबहादुर लिम्बुले बताए। ‘दिवा खाजा कार्यक्रमले शैक्षिक गुणस्तरमासमेत सुधार देखिँदै आएको छ,’ उनले भने।

गाउँपालिकाले दिवा खाजाको कार्यक्रम सुरु गरेपछि अध्ययन÷अध्यापनमा सहजता मिलको छातेडुंगाको नौले आधारभूत विद्यालयका प्रधानाध्यापक देवेन्द्रकुमार मोक्तानले बताए। ‘बिहान बासी भात मात्र खाएर आएको छु बिदा चाहियो भन्दै आधा पढेर विद्यार्थी घर जान्थे,’ उनले भने, ‘दिवा खाजा कार्यक्रम लागू भएपछि पूरै समय विद्यालयमै बस्छन्।’

यस्तै, जनकल्याण आधारभूत विद्यालयले दिवा खाजाको तालिका बनाएर हरेक दिन फरक–फरक किसिमका खाजा खुवाउँदै आएको शिक्षक दावा दोर्जै मोक्तानले बताए। गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी संख्या दैनिक बढ्न थालेको त्रिमोहन मावि संक्रान्ति बजारका शिक्षक खगेन्द्र खत्री बताउँछन्।

दिवा खाजा कार्यक्रमपछि विद्यार्थी भर्ना संख्या पनि बढेको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख लिलानाथ पोख्रेलले बताए। ‘शिक्षाको गुणस्तर सुधार्न खाजाले मात्र हुँदैन शिक्षक र अभिभावक पनि जिम्मेवार बन्नुपर्छ,’ उनले भने। यो कार्यक्रम प्रभावकारी बनाउन सामाजिक संस्था देउराली सोसाइटीले विद्यार्थीलाई टिफिन बट्टासमेत वितरण गरेको संस्थाका कार्यक्रम संयोजक नरबहादुर लिम्बुले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.