गतिविधि बढेपछि खेलाडी उत्साहित

गतिविधि बढेपछि खेलाडी उत्साहित

अछाम : पछिल्लो समय जिल्लामा खेलकुद गतिविधि बढ्न थालेको छ। लगातार प्रतियोगिताहरू सञ्चालन हुन थालेपछि स्थानीय खेलाडी उत्साही बन्न पुगेका छन्। स्थानीय सरकार गठन भएसँगै अछाममा खेलकुद प्रतियोगिताले तीव्रता पाएको हो। अहिले हरेक नगरपालिका र गाउँपालिकामा भलिबल, क्रिकेटलगायत प्रतियोगिता सञ्चालन भइरहेका छन्।

यो समय मौसम अनुकूल हुने भएकाले खेलकुदका गतिविधि भइरहेका छन्। साँफेबगर नगरपालिकामा पहिलो पटक सुदूरपश्चिमस्तरीय गोजुरियो कराते प्रतियोगिता र जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रियस्तरीय खुला पुरुष भलिबल र क्रिकेट प्रतियोगिता सम्पन्न भएका छन्। स्थानीय तह नहुँदा जिल्लाका खेलाडीहरूले समूह बनाएर रकम जम्मा गरेर प्रतियोगिता आयोजना गर्ने गरेका थिए। तर, पछिल्लो समय स्थानीय तहले खेलकुद प्रतियोगिता आयोजना गर्न थालेपछि खेलाडीमा उत्साह थपेको छ।

नियमित प्रतियोगिताले खेलाडीमा उत्साह जगाएको क्रिकेट खेलाडी अनिल कँुवरले बताए। ‘स्थानीय तह नहँुदा आयोजकले आफ्नै खल्तीबाट पैसा जम्मा गरेर प्रतियोगिता आयोजना गर्थे। स्थानीय तहको गठनपछि खेलकुद गतिविधि निकै बढेको छ। प्रतिभा हुँदाहुँदै निराश भएका खेलाडीमा जोश र जाँगर बढेको छ’, उनले भने।

अर्का खेलाडी विनोदकुमार खत्रीले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्न सके यहाँका खेलाडी राष्ट्रिय टोलीमा समावेश हुनसक्ने बताए। ‘पछिल्लो समय धेरै खेल आयोजना भएका छन्। यसले खेलाडीमा खुसी छाएको छ’, उनले भने।

खेलकुदका लागि साँफेबगर नगरपालिकाकाले चालू आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरेको मेयर कुलबहादुर कुँवरले जानकारी दिए। ‘हामीले खेल क्षेत्रलाई प्राथमिकतामा राखेका छौं। भर्खर तीनवटा ठूला प्रतियोगिता सम्पन्न भएको छ। खेलाडीलाई अभ्यासका लागि खेल मैदानको समेत व्यवस्था गरिएको छ’, मेयर कुँवरले भने। उनले पछिल्लो समय पुरुष खेलहरू धेरै भएकाले अब नगरपालिकाले महिला भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए। महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रतियोगिता आयोजना हुने उनले बताए।

बान्नीगढी जयगढ गाउँपालिकाले पनि चालू आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा आठ लाख रकम विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष लोकबहादुर साउदले बताए। ‘गाउँपालिकाले पूर्वाधारका विकास सँगसँगै खेलकुदलाई पनि अगाडि बढाएको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.